अञ्चल प्रधान रञ्जिता राय भाजपामा सामेल

63459251-fbe6-425c-a7d4-26bf09e5441c.jpg

राजगञ्ज: तृणमूलको शिकारपुर अञ्चलका प्रधान रञ्जिता राय तृणमूल पार्टी छोडेर भाजपामा सामेल भएकी छिन्। हिजो साँझ राजगञ्ज खण्डको बेलाकोवा मालीभिटा गाउँमा एउटा योगदान सभामा जलपाईगढी भाजपा जिल्ला अध्यक्ष बापी गोस्वामीको हातबाट तिनले भाजपाको झण्डा समाए। भाजपामा सामेल भएपछि तिनले पत्रकारहरूलाई सम्बोधन गर्दै भनिन्, तृणमूल पार्टी राम्रो छ, तर नेतृत्वहरू मन पर्दैन। ५ वर्ष कष्टको साथमा अञ्चल सम्हालिरहेको थिए। आफूमाथि धेरै चाप रहेकोले आज तृणमूल छोडेर भाजपामा सामेल भएको हो। आगामी दिनमा धेरैजना मानिसहरू भाजपामा सामेल हुने तिनले बताइन्। यस विषयमा भाजपा जलपाईगढी जिल्ला अध्यक्ष बापी गोस्वामीले भने, तृणमूल पार्टीमा कुनै पनि राम्रो मान्छे बस्न सक्दैन। जो ईमान्दर छैन तिनीहरू मात्र तृणमूल पार्टी गर्न सक्छन्। शिकारपुर अञ्चल तृणमूल अध्यक्ष नारायण चन्द्र बसाकले भने, अञ्चल प्रधानले पार्टी छोडेर अन्य दलमा सामेल भए तापनि पार्टीलाई कुनै क्षति पुग्ने छैन। तिनले धेरै दिनदेखि नै राम्रोसित काम गरेकी थिइनन्। तिनले जनगणलाई राम्रो परिसेवा दिन सकेकी थिइनन्। रञ्जिता रायको पक्षमा पार्टीको कुनै सदस्य नभएको तिनले दावी गरे। योगदान कार्यक्रममा जिल्ला भाजपा किसान मोर्चाका अध्यक्ष नकुल दास, भाजपा नेता देवाशीष दे, तपन राय, अर्जुन मण्डल लगायत स्थानीय भाजपा नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

About Author

Advertisement