स्वच्छ भारत अभियान र स्वच्छता ही सेवा अभियान अन्तर्गत गोर्खा जनपुस्तकालय खरसाङमा सर सफाई अभियान

dab3ad43-a4bc-4ee5-805e-d56b9294aba4

खरसाङ: भारतीय नेपाली गोर्खाहरुको सबैभन्दा पुरानो साहित्यिक र सामाजिक संस्था गोर्खा जनपुस्तकालय खरसाङमा स्वच्छ भारत अभियान र स्वच्छता ही सेवा अभियान अन्तर्गत पुस्तकालय सर सफाई कार्यक्रम सम्पन्न भएको छ। उक्त सर सफाई कार्यक्रम गोर्खा जनपुस्तकालय खरसाङका कार्यकारी समितिका पदाधिकारीहरु र सदस्यहरु उपस्थित भएर सर सफाई कार्य सम्पन्न गरेका छन्। यस क्रममा गोर्खा जनपुस्तकालय खरसाङको अध्ययन कक्षको विशेष रुपमा सर सफाई गरिएको थियो। यस सफाई अभियान कार्यक्रममा पुस्तकालयका उपाध्यक्षद्वय प्रकाश प्रधान र विनोद रसाइली, मूल सचिव गोमा सुब्बा, कोषाध्यक्ष उत्तमकुमार गुरुङ, पूर्व सभापतिद्वय रबीनकुमार प्रधान र तिलक शर्मा, गायिका सुचिता खाती लगायत कार्यकारी सदस्यहरु उपस्थित रहेका थिए। राष्ट्रपिता महात्मा गान्धीको १५७ औं जन्मजयन्तीको अवसरमा स्वच्छ भारत अभियान र स्वच्छता ही सेवा अभियान अन्तर्गत पुस्तकालय भवन सर सफाई सम्पन्न गरिएको छ‌।

यस अवसरमा सबैले गोर्खा जनपुस्तकालय भारतीय नेपाली गोर्खाहरुको धरोहर रहेको र यो सबैभन्दा पुरानो साहित्यिक र सामाजिक संस्था भएकोले सबै मिलेर संरक्षण गर्न पर्ने आवश्यकता रहेको र यसको से सफाई पनि आवश्यक रहेको महसुस गरेर सर सफाई अभियान आयोजना गरिएको छ। उल्लेखनीय छ, गोर्खा जनपुस्तकालय खरसाङको स्थापना ८ जून १९१३ सालमा स्थापना भएको थियो।

About Author

Advertisement