सेवा संकल्प अभियान अन्तर्गत खरसाङमा वाक्कथनको आयोजना

IMG-20261002-WA0061

खरसाङ: देशभरि चलिरहेको सेवा संकल्प अभियान अन्तर्गत खरसाङ शुक्रबार खरसाङ नगरपालिका र दार्जिलिङ हिमालयन रेलवेको संयुक्त आयोजनामा वाकथनको आयोजना गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा २० सेप्टेम्बरदेखि ६ अक्टोबरसम्म सेवा संकल्प अभियान अन्तर्गत खरसाङमा विभिन्न कार्यक्रमहरु आयोजना भईरहेको छ। यसै अन्तर्गत शुक्रबार खरसाङको रोहिणी जिरोदेखि रेलवे स्टेशन परिसरसम्म वाकथनको आयोजना गरिएको छ। उक्त वाकथनलाई रोहिणी जिरो पोइन्टमा खरसाङका‌ विधायक सोनाम लामा, महकुमा शासक पेमा शेर्पा, खरसाङ नगरपालिकाको कार्यकारी अधिकारी थेन्डुप भोटिया आदिले संयुक्त रुपमा झण्डा हल्लाएर प्रस्थान गराएका थिए। रोहिणी जिरो परिसरमा वाक्कथन शुरु हुन अघि विधायक सोनाम लामाले सम्बोधन गर्दै देशभरि चलिरहेको सेवा संकल्प अभियान अन्तर्गत खरसाङमा पनि विभिन्न कार्यक्रमहरू आयोजना भईरहेको बताए। उनले वाकथनको महत्व विषयमा पनि जानकारी गराएका थिए। यस कार्यक्रमलाई खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले सञ्चालन गरेका थिए।

उक्त वाक्कथन रोहिणी जिरो परिसरमा शुरु भएर राष्ट्रिय राजमार्ग ११० हुँदै खरसाङको‌ रेलवे स्टेशन परिसरसम्म आयोजना गरिएको थियो‌। उक्त वाकथनमा १४ वर्षदेखि मुनिकाहरु, १४ वर्षदेखि ३९ वर्षसम्म र ४० वर्षदेखि माथिकाहरु पुरुष, महिला सबै लगाएर लगभग २५९ जनाभन्दा बेसीले उक्त वाक्कथनमा सहभागिता जनाएका थिए। उक्त वाकथनमा विभिन्न वर्गमा प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई प्रमाण पत्रसहित ट्रफी प्रदान गरिएको थियो भने सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिएको छ।

उक्त पारितोषिक वितरण विधायक सोनाम लामा, महकुमा शासक पेमा शेर्पा, डीएमडीसी लाडेन लेप्चा, दार्जिलिङ हिमालयन रेलवेका निर्देशक रिसभ चौधरी, खरसाङ नगरपालिकाका कार्यकारी अधिकारी थेन्डुप भोटिया, फाइनेन्स अफिसर नोर्देन लामा, खरसाङ रेलवे स्टेशनका स्टेशन मास्टर संगम खाती, खरसाङ ट्राफिक पुलिस प्रभारी विकास चामलिङ, प्रेस क्लब अफ् खरसाङका सभापति एवं वरिष्ठ पत्रकार एमएल पञ्चम आदिको बाहुलीबाट प्रदान गरिएको छ। यस कार्यक्रमलाई सबिना गिरीले सञ्चालन गरेकी थिइन्। यस वाकथन कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै विधायक सोनाम लामा, महकुमा शासक पेमा शेर्पा, भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव बिनय प्रसाद, जिल्ला‌ मिडिया प्रभारी चन्दन प्रसाद आदिले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement