भाजपा प्रार्थी सोनाम लामाद्वारा तकदाह, गेल भञ्ज्याङ, डीपी साइड र तकदाह चिया बगानमा जनसम्पर्क अभियानसहित चुनाव प्रचार

IMG-20260408-WA0090

खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले तकदह क्यान्टोनमेन्टमा जनसम्पर्क अभियान सम्पन्न गरेका छन्। उनले आज गेल भञ्ज्याङमा सम्पन्न जनसम्पर्क अभियान गरेका छन्। यसावधि उनले गाउँ–गाउँ पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव र अपेक्षाहरू सुनेका थि। यस अवसरमा उनले जनतामा भारतीय जनता पार्टीप्रति देखिएको अभूतपूर्व उत्साहले यसपटक परिवर्तन निश्चित छ भन्ने स्पष्ट संकेत दिएको बताएका छन्। युवादेखि ज्येष्ठ नागरिकसम्म सबैमा सकारात्मक सोच र विकासप्रतिको आशा देख्न पाएको र यस उत्साहले जनता अब वास्तविक विकास, पारदर्शिता र स्थायित्व चाहन्छन्। त्यसैले, यसपटकको जनमत परिवर्तनतर्फ उन्मुख छ भन्ने स्पष्ट भएको पनि बताए।

यसको साथै भाजपा उम्मेद्वार सोनाम लामाले डीपी साइड र तकदाह चिया बगानमा रहेका चिया श्रमिकहरूसँग भेटघाट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले श्रम कानून लागू गरिएको जानकारी दिएका छन्। यसको साथै भाजपाको सरकार आउनासाथ न्यूनतम ज्याला ३५० रुपियाँ लागू गरिनेछ भन्ने बचन पनि दिएका छन्।

About Author

Advertisement