इरानमा ६.१ म्याग्निच्युडको भूकम्प, ५ जनाको मृत्यु, ४४ घाइते

Earthquake-copy

तेहरान: इरानमा शनिबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पको धक्का यति शक्तिशाली थियो, जसले गर्दा कतार, युएई र चीनसम्म यसको धक्का महसुस गरिएको थियो। इरानी सञ्चारमाध्यमले भूकम्पको म्याग्निच्युड ६ दशमलव १ राखेको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणले ६.० म्याग्निच्युडको भूकम्प भएको बताएको छ। कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्,अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले  इरानको सरकारी टेलिभिजनलाई उद्धृत गरेको छ। दिउँसो १ बजेर ३२ मिनेटमा भूकम्प गएको बताइएको छl  अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु होर्मोजगान प्रान्तको बन्दर अब्बासको बन्दरगाह शहरबाट १०० किलोमिटर दक्षिणपश्चिम र जमिनबाट १० किलोमिटर तल थियो। संचारमाध्यमहरुका अनुसार यो ठूलो भूकम्प आउनुभन्दा केही मिनेटअघि ५.७ म्याग्निच्युडको अर्को परकम्प गएको थियो। पछि पनि कम्तीमा ७ वटा पराकम्पन महसुस गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *