गुवाहाटी: मणिपुरको नोनी जिल्लामा रेलवे निर्माण स्थलमा पैह्रोमा परी मृत्यु हुनेको संख्या शनिबार बढेर २४ पुगेको छ। जसमा टेरिटोरियल आर्मीका १८ जना सैनिक रहेका छन्। गुवाहाटीका एक सैन्य प्रवक्ताले ३८ जना अझै बेपत्ता रहेको बताएका छन्। राहत र उद्धार कार्यलाई तीव्रता दिन थप टोली खटाइएको छ। सेना, असम राइफल्स, टेरिटोरियल आर्मी, एनडीआरएफ र एसडीआरएफका जवानहरू भग्नावशेषमा जीवन खोज्ने प्रयास गरिरहेका छन्। यसैबीच, मणिपुरमा घटनास्थल नजिकै अर्को पैह्रो गएको छ।