ओडिशा एफसीको सीनियर महिला टीमका मुख्य प्रशिक्षक बने क्रिस्पिन छेत्री

IMG-20220702-WA0109.jpg

२ जुलाईः ओडिशा एफसीले रथ यात्रा महोत्सवको शुभ उपलक्ष्यमा आफ्नो सीनियर महिला टीम लञ्चको घोषणा गऱ्यो। इण्डियन सुपर लीग (आईएसएल) टीमले एउटा भीडियो जारी गरेर अब महिला फूटबलमा प्रवेशको घोषणा सहित सीनियर महिला टीम लञ्च गऱ्यो, जसमा मुख्य प्रशिक्षकको रूपमा खरसाङ निवासी तथा खेलाड़ी र प्रशिक्षकको रूपमा प्रशस्तै सुनाम अर्जन गरिसकेका क्रिस्पिन छेत्रीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ। ओडिशा एफसीको यस सीनियर महिला टीमले क्रिस्पिन छेत्रीको मार्गदर्शनमा इण्डियन वूम्स लीग (आईडब्ल्यूएल)-को आउँदो सत्रको तयारी गर्नेछ। क्रिस्पिनको मार्गदर्शनमै हालै सम्पन्न आईडब्ल्यूएल-मा मदुराईको टीम सेतु एफसी उपविजेता रहेको थियो। यसबाहेक उनी सीनियर वूमन्स नेशनल फूटबल लीगमा पनि ओडिशा राज्यको महिला टीमका प्रशिक्षक रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *