आगामी २३ सेप्टेम्बरदेखि भोटाङ खोलिने

नयाँ दिल्ली। भोटाङ पर्यटन परिषद (टूरिज्म काउन्सिल अफ भूटान) भोटाङ शाही सरकारले आज एउटा प्रेस विज्ञप्ति जारी गर्दै आगामी २३ सेप्टेम्बरदेखि भोटाङको जम्मै सिमानाहरू पर्यटकहरूको निम्ति खोल्ने घोषणा गरेका छन्।
विगत दुई बर्षदेखि कोरोना महामारीको कारण छिमेकी हिमाली राष्ट्र भोटाङको सिमानाहरू सबै बन्द राखिएको थियो भने भोटाङ बाहिर औ भित्रकाहरु कसैलाई पनि आउजाउ गर्न निषेध गरिएको थियो।
कोभिड १९ को कारण विगत प्रायः अढ़ाई बर्षदेखि भोटाङ एकान्तवासमा रहेको थियो।
तर आज जारी प्रेस विज्ञप्ति अनुसार भोटाङको विदेश मन्त्री तथा भोटाङ पर्यटन परिषदका चेयरम्यान डा. टान्डी दोर्जीले पर्यटन क्षेत्रको दिगोपनालाई नयाँ फोकसको साथ पर्यटन क्षेत्रको पूर्वाधार र सेवा, पर्यटकहरु यात्रा अनुभव र क्षेत्रको वातावरणीय प्रभावलाई केन्द्र गर्दै पुनर्विचार गरेर भोटाङलाई पर्यटकहरुको निम्ति खोल्ने बताएका छन।
भोटाङलाई कार्बन नेगेटिभ र हरित पर्यटकीय गन्तव्य बनाउन प्रति पर्यटकहरुबाट यूएसडी ६५ बाट बढ़ाएर २०० डलर बनाएको जसको आयबाट देशलाई कार्बन न्युट्रल पर्यटन प्रवर्द्धन गर्न मदत मिल्ने भोटाङको शाही सरकारले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।
भोटाङले न्युनतम दैनिक प्याकेज दर अर्थात एमडीपीआर हटाउने जसले गर्दा टूर अपरेटरहरूद्वारा उपलब्ध गराईएको प्याकेजमा मात्र भर नपरेर अन्य ठाउँको पनि भ्रमण गर्न पर्यटकहरू स्वतन्त्र रहन सक्ने बताईएको छ।
यता पर्यटन क्षेत्रमा सुधार गर्न भोटाङको मूलमन्त्र हाई भेल्यू लो भोल्युम अर्थात उच्च मूल्य र कम आयतनको नीतिमा भोटाङलाई पर्यटनको क्षेत्रमा पुनरुत्थान गर्न सकिरहेको बताउँदै भोटाङको मानिसहरू यहाँको संस्कृति, मुल्य र वातावरणको संरक्षण गर्दै पर्यटकहरूको आवश्यकता पनि पुरा गरिने भोटाङ पर्यटन परिषदका महानिर्देशक दोर्जी द्राडुलले जनाएका छन्।
तिनले पर्यटन एक रणनीतिक र बहुमूल्य राष्ट्रिय सम्पत्ति रहेको जसले यस क्षेत्रमा काम गर्नेलाई मात्र नभएर सबै भोटाङेहरूलाई असर पर्ने बताउँदै यसको दिगोपन सुनिश्चित गर्नु भावी पुस्ताको लागि अत्यावश्यक रहेको थप जनाएका छन।
यता भोटाङ आगामी २३ सेप्टेम्बरदेखि खोलिने कुराले सीमान्त सहर जयगाउँका बासिन्दाहरुमा आशाको नयाँ किरण छाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *