यो जीत पहाडको जीत हो: अनित थापा

खरसाङ। यो जीत पहाडको जीत हो। यो जीत जनताकाे जीत हो। यो जीतले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई जनताले भविष्य निर्माण गर्नु भनेर जनताको सेवकलाई दिएको दायित्व हो। पार्टीका कार्यकर्ता, समर्थकहरूलाई निवेदन गर्दछु कि हाम्राे जीतमा हामी अवश्य खुसी मनाउने छौ। तर हामीले खुशी मनाउँदा कुनै पनि व्यक्तिलाई दुःख नहोस्, कष्ट नहोस्। गाउँ घरमा गएर कसैले अशान्ति गर्दैन, झैं झगडा गर्दैन। पहाडमा शान्ति फर्काई ल्याउनु धेरै कष्ट गरेका छौँ अब पहाडमा अशान्ति हुनु हुँदैन। हाम्रो जीतले पहाडमा अशान्ति भएको म हेर्नु चाहन्न। अरूलाई बिझाएर खुशी मनाएको म सहन गर्नु सक्दिन।
हामी खुशी छौ हाम्रो जीतमा। तर जनताले हामीलाई जुन दायित्व दिएका छन् हामी यसलाई चुनौती लिएर काम गर्नेछौ। हाम्रो भविष्य निर्माणको अभियान अब कार्यमा परिणत भएको जनताले देख्नेछन्। आउनुहोस अबको यात्रा हामी एकसाथ, एकजुट भएर तय गरौं। राजनीति आफ्नो ठाउँमा छ, तर पहाडको भविष्य हामी एकजुट भएर मात्र गर्नु सक्नेछौ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *