जीटीएमा भागोप्रमोको तुफानी प्रवेश  

भागोप्रमो: २६– * हाम्रो पार्टी: ८- * टीएमसी: ५-   * निर्दलीय: ६     

टीआरआई समाचार

दार्जीलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(भागोप्रमो) ले यसपाली जीटीएमा तुफानी रुपमा प्रवेश गरेको छl जीटीएको ४५ वटा आसनमा भागोप्रमोले २६ वटा आसनमा विजय हासिल गरेर पहाडमा शक्तिशाली पार्टीको रुपमा उदय भएको छl गएको दार्जीलिङ नगरपालिकाको चुनावलाई हेरेर यस चुनावमा भागोप्रमोले यति ठूलो विजय हासिल गर्नेछ भन्ने धरैले अनुमान गरिएको थिएनl तर, कोरोनाभाइरसको महामारीमा लकडाउनको अवधिमा जीटीएको अध्यक्ष रहँदा अनित थापाले गरेको कार्यलाई यस चुनावमा मूल्यांकन गरिएको स्पष्ट भएको छl यसका साथै भागोप्रमोले आफ्नो सांगठनिक शक्तिलाई विस्तार गर्ने अभियानलाई निरन्तरता दिनु विजयको अर्को कारण होl निक्कै हल्ला चलेको हाम्रो पार्टीले केवल ८ वटा आसन जित्न सफल बन्योl दार्जीलिङको १७ वटा आसनमा हाम्रो पार्टीले ७ वटा अनि खरसाङको १५ वटामा १ मात्र असन जित्न सफल भयोl यसमा पनि  तकदाह-ग्लेनबर्न समष्टिमा हाम्रो पार्टीका उम्मेदवार सन्नी तामाङले केवल दुई भोटले भागोप्रमोका उम्मदेवार पुलक मोक्तानलाई पराजित गरेको छl यो जीटीएको चुनावमा टीएमसीले ५ वटा आसन जितेर राम्रो प्रदर्शन गरेको छl  ६ जना निर्दलीय उम्मेदवारहरुले यस चुनाव विजय हासिल गरेका छन्l यी ६ जना निर्दलीय उम्मेदवारहरुमा रङबुल-धोत्रे समष्टिका निर्दलीय उम्मेदवार राजेश चौहान भागोप्रमोकै एकजना शीर्ष नेता भएका हुनाले उनलाई पार्टीको सहयोग रहेको थियोl यस हिसाबले हेर्ने हो भने भागोप्रमोको २७ आसनमा विजय हुन्छl भागोप्रमोका समर्थकहरुमा खुशीको लहर छाएको छ भने विजय उत्सव मनाउन शुरु भएको छl यद्यपि भागोप्रमोका दुईजना शीर्ष नेता अमर लामा र आलोककान्तमणि थुलुङ पराजित भएका छन्l आलोककान्तमणि थुलुङ स्वतन्त्र उम्मेदवार सुरज राईबाट पराजित भएका छन् भने अमर लामालाई हाम्रो पार्टीका उम्मदेवार रोबर्ट छेत्रीले पराजित गरेका छन्l हिल टीएमसीका ब्लुमफील्ड-ऋषिहाटबाट विजयी भएका छन्l भागोप्रमोका अध्यक्ष अनित थापा खरसाङ-गिद्ध पहाड र सिटोङ-लाठपन्चर समष्टि दुवैबाट विजयी भएका छन्l हाम्रो पार्टीका अध्यक्ष अजय एड्वार्ड्सले दार्जीलिङ सदर-३ बाट जितेका छन्l

दार्जीलिङ १७ समष्टि

भागोप्रमो: ७  

हाम्रो पार्टी: ७  

टीएमसी: १

निर्दलीय: २      

  • नोर्देन शेर्पा-रिम्बिक-लोधोमा (भागोप्रमो)
  • सतिश पोखरेल-रेलिङ कैंजले (भागोप्रमो)
  • योगेन्द्र प्रधान: -लेबोंग बदमताम समष्टि (भागोप्रमो)
  • उदय देवान: सुके-मानेभन्ज्याङ (भागोप्रमो)
  • नोबेल बम्जन: पोख्रेबोंग-चामोंग (भागोप्रमो)
  • सन्दीप छेत्री: चुङथुंग-मेरीबोंग (भागोप्रमो)
  • प्रतिम सुब्बा:  दार्जीलिङ सदर-१ (हाम्रो पार्टी)
  • भूपेन्द्र छेत्री: गोक-बिजनबारी (हाम्रो पार्टी)
  • जितेन राई:  पान्डम-फुवछिरिङ (हाम्रो पार्टी)
  • अजय एड्वार्ड्स: -दार्जीलिङ सदर-३ (हाम्रो पार्टी)
  • रोबर्ट छेत्री: दार्जीलिङ सदर २ (हाम्रो पार्टी)
  • रुबेनदास प्रधान: दार्जीलिङ सदर-४ (हाम्रो पार्टी)
  • प्रमोश्कर ब्लोन: घुम-जोरबङ्लो (हाम्रो पार्टी)  
  • विनय तामाङ: डाली ब्लुमफिल्ड (टीएमसी)  
  • अन्जुल चौहान: नागरी-धजे (भागोप्रमो)  
  • राजेश चौहान: रङबुल-धोत्रे (निर्दलीय)
  • सुरज राई: तकभर (निर्दलीय)      

खरसाङ १५ समष्टि  

भागोप्रमो: ११

टीएमसी: ३  

हाम्रो पार्टी: १

निर्दलीय: ०  

  • अनोश थापा: सोनादा पचेङ (भागोप्रमो)
  • मणिप्रसाद राई: तकलिङ पेशोक (भागोप्रमो)
  • ढेण्डुप पाख्रीन: तकदाह टिस्टाभेल्ली (भागोप्रमो)
  • रतन थापा: मंग्पू-लाब्दा (भागोप्रमो)
  • सन्नी तामाङ: तकदाह ग्लेनवर्ण (हाम्रो पार्टी)
  • ध्रुव बम्जन: सियोक-गोपालधारा-ओकाईटी (टीएमसी)
  • मिलेश राई: मिरिक थर्पु डुप्टिन (टीएमसी)
  • अरुण सिग्ची: सौरेनी समष्टि (भागोप्रमो)
  • परेशकुमार तिर्की: सुकना-पानीघट्टा (टीएमसी)
  •  नुरी शेर्पा: टुंग-सन्त मेरिज- (भागोप्रमो)
  •  श्याम शेर्पा: खरसाङ देवराली (भागोप्रमो)
  •  अनित थापा: खरसाङ-गिद्ध पहाड़ (भागोप्रमो)
  •  कल्पना प्रधान: पंखबारी-अम्बटे-लङ्भ्यू (भागोप्रमो)
  •  नवराज छेत्री: तीनधारे महानदी (भागोप्रमो)
  •  अनित थापा: सिटोङ-लाठपञ्जार (भागोप्रमो)

कालेबुङ १३ समष्टि

भागोप्रमो: ८

टीएमसी: १

निर्दलीय:  ४

३३. नम्बर समष्टी – सिनोरा नाम्चु – भागोप्रमो

३४. नम्बर समष्टी – विकाश राई – स्वतन्त्र

३५. नम्बर समष्टी – सुमन गुरुङ – टिएमसी

३६. नम्बर समष्टी – पाल्देन तामाङ – स्वतन्त्र

३७. नम्बर समष्टी – दावा तेन्जी – भागोप्रमो

३८. नम्बर समष्टी – कुमार शर्मा – स्वतन्त्र

39 नम्बर समष्टी – बिरे राई – स्वतन्त्र

४०. नम्बर समष्टी – कमल सुब्बा – भागोप्रमो

४१. नम्बर समष्टी – संचवीर सुब्बा – भागोप्रमो

४२. नम्बर समष्टी – हेमन्त राई – भागोप्रमो

४३. नम्बर समष्टी – रतन थापा – भागोप्रमो

४४. नम्बर समष्टी – हर्कमान छेत्री – भागोप्रमो

४५. नम्बर समष्टी – लाक्पा नामग्याल लामा – भागोप्रमो

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *