विदेशमा राष्ट्रिय झण्डाको अपमान भए कस्तो कारबाही हुनसक्छ?

00-1-Indian-Flag

खालिस्तान समर्थकहरूले इंग्ल्याण्डमा भारतको राष्ट्रिय झण्डा तिरंगाको अपमान गरेका छन्। इंग्ल्याण्डस्थित भारतीय उच्चायोगमा फहराइएको तिरंगाको अपमानको भिडियो भाइरल भएपछि यस घटनाको भारतलगायत विश्वभर आलोचना भइरहेको छ। भारतको राष्ट्रिय झण्डाको अपमानको केन्द्र सरकारले कडा शब्दमा निन्दा गरेको छ। सामाजिक सञ्जालमा मानिसहरूले तिरंगाको अपमान गर्ने खालिस्तान समर्थकहरूलाई कडा कारबाही गर्न माग गरिरहेका छन्। भारतमा तिरंगाको अपमान गर्नेलाई जे सजाय दिन सकिन्छ, विदेशमा पनि भारतको राष्ट्रिय झण्डाको सम्मानमा ठेस पुर्‍याउनेलाई सोही कारबाही गर्न सकिन्छ?

विदेशमा भारतको राष्ट्रिय झण्डाको अपमान भए सम्बन्धित देशको दायित्व के हुन्छ? तिरंगाको सम्मान रक्षा गर्न नसक्दा भारत सरकारले सम्बन्धित देशलाई कारबाही गर्नसक्छ? हाल लण्डनमा भएको घटनाको सम्बन्धमा भारत सरकारले दिल्लीस्थित इंग्ल्याण्डका कूटनीतिज्ञलाई बोलाएर खालिस्तानको यो कार्यप्रति कडा आपत्ति जनाएको छ। साथै विदेश मन्त्रालयले इंग्ल्याण्डलाई सोधेको छ, लण्डनमा भारतीय उच्चाखयोग परिसरमा खालिस्ताकन समर्थकहरूलाई पस्ने अनुमति कसले दियो?

कसैले राष्ट्रिय झण्डाको अपमान गरे उसलाई कस्तो कारबाही हुन्छ? भारतमा राष्ट्रिय झण्डा संहिताअन्तर्गत तिरंगाको अपमान गर्ने व्यक्तिलाई कडा कारबाही गरिन्छ। भारतीय झण्डा संहिताको नियमअनुसार यदि कुनै व्यक्तिले जानीबुझी तिरंगाको अपमान गरेमा तीन वर्षसम्म जेल सजायको व्यवस्था छ। राष्ट्रिय झण्डा संहितामा राष्ट्रिय झण्डाका तीनवटा रङ्गका बारेमा धेरै कुरा भनिएको छ। यसमा तिरंगा पनि फोल्ड गर्ने सही तरिका पनि बताइएको छ। राष्ट्रिय झण्डा संहिताले २४ घण्टा सात दिनसम्म तिरंगा फहराउन सकिने ठाउँहरू पनि उल्लेख गरेको छ। साथै विशेष दिनमा कति समय फहराई राख्ने र कहिले झार्ने र सम्मानपूर्वक राख्ने भन्ने पनि जानकारी दिइएको छ। भारतको झण्डा संहिताअनुसार, भारतको नागरिकको रूपमा, यो देशका नागरिकको जिम्मेवारी हो, घर वा वरपर देशको झण्डाको अपमान हुन दिनुहुँदैन। यदि कसैले भूलवश पनि झण्डाको अपमान गर्छ भने उसलाई सहि बाटो बताउनुपर्छ। यदि कसैले जानीबुझी अपमान वा गलत प्रयोग गरेको छ भने, तुरुन्त नजिकको पुलिस थानामा उजुरी गर्नुपर्छ।

विदेशमा तिरंगाको  अपमान भए भारत सरकारले के के गर्न सक्छ? सबैभन्दा पहिले भारत सरकारले जुन देशमा तिरंगाको अपमान भएको छ, उसको दिल्लीमा अवस्थित राजनयिकलाई बोलाएर आफ्नो आपत्ति जनाएर जवाब माग्न सक्छl अहिलेको अवस्थामा पनि केन्द्र सरकारले पहिले त्यही कदम चालेको छ। अन्तर्राष्ट्रिय प्रोटोकलअन्तर्गत, प्रत्येक देशले आफ्नो भूमिमा भारतीय प्रतीक र सम्पत्तिहरूको पूर्ण सुरक्षा प्रदान गर्नुपर्छ। यो सबै देशको पहिलो जिम्मेवारी हो। भारतसँग सम्बन्धित कुनै पनि प्रतीक वा सम्पतिलाई कुनै पनि देशमा कुनै किसिमले क्षति पुगेमा विदेश मन्त्रालयले सोझै सो देशसँग जवाफ माग्न सक्छ। भारत सरकारले घटना किन घट्यो भनेर सम्बन्धित देशलाई सोध्न सक्छ? घटनामा संलग्नलाई कस्तो कारबाही भयो? सुरक्षा भंगको जिम्मेवार को? ती व्यक्तिलाई के कारबाही हुन्छ? भविष्यमा यस्ता घटना दोहोरिन नदिन के कस्ता प्रबन्ध मिलाइएको छ? कतिपय अवस्थामा घटना रोक्न नसक्दा सम्बन्धित देशलाई माफी माग्न पनि भनिएको छ। इंग्ल्याण्डमा बसोबास गर्ने भारतीयहरूले लण्डनस्थित भारतीय उच्चायोग अगाडि विरोध प्रदर्शन गर्दै तिरंगाको अपमान गर्नेलाई कारबाही गर्न माग गरेका छन्।

भारत सरकारले भारतीय प्रतीक र सम्पतिमा क्षति पुर्याएकोमा आपत्ति जनाएपछि कारबाही गर्ने कि नगर्ने भन्ने कुरा सम्बन्धित देशमा भर पर्छ। कुनै कारबाही नभएमा अपराध गर्ने व्यक्ति वा समूहलाई कार्य गर्नबाट रोक्न सम्बन्धित देश कुनै पहल गर्न नचाहेको मानिन्छ। अर्को शब्दमा, सम्बन्धित देशले उसलाई त्यसो गर्न अनुमति दिइरहेको छ। यस्तो अवस्थामा कूटनीतिक तहमा छलफल शुरु हुन्छ। देशको सम्मानसँग जोडिएको प्रतीकको अपमान गर्ने व्यक्ति वा समूहमाथि कारबाही हुन नसकेमा कहिलेकाहीँ दुईबीचको सम्बन्ध धेरै तहमा टुटेको छ। कारबाही नगरेकोमा सम्बन्धित देशलाई कडा कारबाही गर्ने पटक पटक चेतावनी समेत दिइएको छ। अर्कोतर्फ भविष्यमा पनि सम्बन्धित देशले पूर्ण सुरक्षा दिन असक्षमता व्यक्त गरेमा अपमानित देशले जे सुकै लिने नीति पनि अपनाउन सक्छ। अनि भन्न सक्छ, ‘यदि तपाईं हामीलाई सुरक्षा दिनुसक्नु हुँदैन भने हामी पनि आफ्नो देशमा तपाईको सम्पत्तिको सुरक्षा हटाइरहेका छौंl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *