सुनका गरगहनासहित नगद चोरी जोरथाङमा

goldrobbery_2325.jpg

गान्तोक: जोरथाङ फर्स्ट लेनमा चोरी भएको घटना प्रकाशमा आएको छ। स्थानीय शुभम चण्डकले उनको घरमा चोरी भएको बताउँदै थानामा प्राथमिकी दर्ता गरेका छन्। पुलिस रिपोर्ट अनुसार, शुभम चण्डकले मंगलवार बिहान उनको घरबाट सूनका गरगहनाका साथै २.५ लाख रूपियाँ नगद चोरी भएको शिकायत दर्ता गरेका छन्। उनले रोहित दर्जी र उनका साथीहरूमाथि चोरीको आरोप लगाएका छन्। पुलिस आरोपित व्यक्तिहरू विरूद्ध आईपीसीको धारा ४५७/३८०/३४अन्तर्गत मामिला दर्ता गरेर जाँच शुरू गरेको छ। समाचार लेखुन्जेलसम्म आरोपितहरूलाई पक्राउ गरिएको समाचार प्राप्त भएको छैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *