२२ मार्चः प्रतिष्ठित सीनियर महिला राष्ट्रिय फूटबल च्याम्पियनशीप २०२२-२३-मा हिस्सा लिन शिबानी शर्मा, सुश्मिता लेप्चा र नीलू तिर्कीले आज कलकत्ताबाट उत्तर प्रदेशको मथुरा प्रस्थान गरिन्। दार्जीलिङ पुलिस टीमकी यी तीनजना खेलाड़ीले सीनियर महिला राष्ट्रिय च्याम्पियनशीपको २७औं संस्करणमा पश्चिम बंगालको प्रतिनिधित्व गर्नेछिन्। कलकत्तामा लगभग एक महिना चलेको क्याम्पपछि यी तीनजना महिला खेलाड़ीले आज कलकत्ताबाट मथुरा प्रस्थान गरिन्। टुर्नामेण्टको ग्रुप ५-मा पश्चिम बंगालसँग उत्तर प्रदेश, तमिल नाडु र अरुणाचल प्रदेश रहेको छ। पश्चिम बंगालको पहिलो म्याच २५ मार्चमा अरुणाचल प्रदेश विरुद्ध रहेको छ।