यूएफा नेशन्स लीगः जर्मनी, बेल्जियम र नीदरल्याण्ड्सले जिते पनि ईंग्ल्याण्डको हार

IMG-20220615-WA0105.jpg

१५ जूनः विश्व कपको तयारीमा जुट्ने बेल्जियम, नीदरल्याण्ड्स र जर्मनीले यूएफा नेशन्स लीग फूटबल प्रतियोगितामा आ-आफ्नो म्याच जित्यो भने ईंग्ल्याण्ड चाहिँ निराशाजनक हारको सम्मुखीन भयो। प्रतियोगिताको ग्रुप डी (लीग ए)-को म्याचमा बेल्जियमले पोल्याण्डलाई १-०-ले पराजित गऱ्यो। म्याचमा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने बेल्जियमबाट म्याचको एकमात्र गोल मिची बात्सुएयीले १६औं मिनटमा छिराए। रोबर्ट लेवाण्डोस्कीको उपस्थितिमा पोल्याण्डले सक्दो प्रयास गरे पनि गोल सुलाउन सकेन। यसै ग्रुपको अन्य एउटा म्याचमा नीदरल्याण्ड्सले वेल्सलाई ३-२-ले पराजित गऱ्यो। यस रोमाञ्चक म्याचमा लगभग अन्तिम क्षणसम्म पनि स्कोर २-२-को बराबरीमा रहेको थियो तर स्टपेज टाइमको तेस्रो मिनटमा मेम्फिस डिपायले गोल गरी डच टीमलाई जीत दिलाए। म्याचमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने नीदरल्याण्डबाट अन्य दुईवटा गोल नोआ लांग (१७औं) र कोडी गाक्पो (२३औं मिनट)-ले छिराए। यसरी नै वेल्सबाट ब्रेनान जनसनले २६औं र ग्यारेथ बेलले स्टपेज टाइमको दोस्रो मिनटमा गोल गरे। यस ग्रुपमा नीदरल्याण्ड्स ४ वटा म्याचमा १० पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। त्यसपछि बेल्जियम ७ पोइण्टको साथ दोस्रो, पोल्याण्ड ४ पोइण्टको साथ तेस्रो र वेल्स केवल १ पोइण्ट लिएर चौथो स्थानमा रहेको छ।

यसरी नै ग्रुप सी (लीग ए)-मा शक्तिशाली जर्मनीले यूरो कप विजेता इटलीलाई ५-२-ले पराजित गऱ्यो। म्याचमा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने जर्मन टीमबाट टिमो वेर्नरले ६८औं र ६९औं मिनटमा २ गोल गरे। यसबाहेक जोशुआ किमिचले १०औं, इल्के गुण्डोगनले मध्यान्तरअघि स्टपेज टाइममा (पेनल्टी) र अनुभवी स्ट्राईकर थोमस मूलरले ५१औं मिनटमा गोल गरे। म्याचमा पाँच गोल खाएपछि मात्र तङ्ग्रिने इटलीबाट विल्फ्रिड ग्नोटोले ७८औं र अलेसान्द्रो बास्टोनीले स्टपेज टाइमको चौथो मिनटमा गोल गरे। यसै ग्रुपको अन्य एउटा म्याचमा हंगेरीले ईंग्ल्याण्डलाई ४-०-ले उलटफेरको शिकार बनायो। म्याचमा ६९ प्रतिशत पोजेशनको साथ खेलेर पनि गोल गर्न नसक्ने ईंग्ल्याण्डका खेलाड़ी जस स्टोन्सलाई ८२औं मिनटमा रातो कार्ड देखाइयो। हंगेरीबाट म्याचमा रोलाण्ड साल्लाईले १६औं र ७०औं मिनटमा २ गोल गरे। यसबाहेक सोल्ट नागीले ८०औं र डेनिएल गाजडागले ८९औं मिनटमा गोल गरे। यसरी ईंग्ल्याण्डको टीम लगातार चौथो म्याचमा जीतको स्वाद चाख्नदेखि वञ्चित भयो। ग्रुपमा अहिले हंगेरी ७ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। त्यसपछि जर्मनी ६ पोइण्टको साथ दोस्रो र इटली ५ पोइण्ट लिएर तेस्रो स्थानमा रहेको छ। चौथो स्थानमा रहने ईंग्ल्याण्डसँग केवल २ पोइण्ट रहेको छ।

यसबाहेक ग्रुप ई (लीग बी)-मा युक्रेन र आयरल्याण्डबीच म्याच १-१-ले ड्र रह्यो। यसै ग्रुपको अन्य एउटा म्याचमा स्कटल्याण्डले अर्मेनियालाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट स्टुअर्ट आर्मस्ट्रंगले २ गोल गरे। ग्रुपमा युक्रेन ३ वटा म्याचमा ७ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा रहने स्कटल्याण्डसँग ६ पोइण्ट रहेको छ। ग्रुप आई ( लीग सी)-मा तुर्कीले आफ्नो जीतको क्रम जारी राख्दै लिथुआनिया विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। लक्जमबर्ग र फेरो आइल्याण्डबीच खेलिएको ग्रुपको अन्य एउटा म्याच चाहिँ २-२-ले ड्र रह्यो। ग्रुपमा तुर्की ४ वटा म्याचमा १२ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *