बिहारमा अग्निपथ योजनाको विरोध गर्दै मच्चियो हङ्गामा

Bihar

पटना: बिहारमा मङ्गलबार केन्द्र सरकारले सेनामा शर्ट कमीशनका लागि घोषणा गरेको अग्निपथ योजनालाई लिएर हङ्गामा मच्चिएको छ। योजनाको विरोध गर्दै युवाहरूले बक्सरमा रेलमा ढुङ्गा हाने, जबकि मुजफ्फरपुरमा सडकमा हङ्गामा मच्चायो। धेरै ठाउँमा चक्काजामको खबर पनि आएको छ। बिहारका युवाहरूले सेनामा भर्ती नियममा भएको परिवर्तनको कडा विरोध गरिरहेका छन्। नयाँ योजनाको विरोध गर्दै सेनामा भर्तीको तयारी गरिरहेका युवाहरूले बक्सरमा पटना जाँदै गरेको पाटलीपुत्र एक्सप्रेस रेलमा ढुङ्गा हाने। काशी पटना जनशताब्दी एक्सप्रेसलगायतका केही रेलहरु पनि रोकिएको समाचार छ। मुजफ्फरपुरमा प्रदर्शनकारीहरूले चक्कर मैदान र रेलवे स्टेसन नजिक हलाह मच्चाए। समाचारअनुसार सदरमुकाम इलाका भगवानपुर गोलाम्बरमा सयौं युवायुवती नाराबाजी गरिरहेका देखिएका छन्। यहाँ एनएच २८ अवरुद्ध थियो। पुलिस र आन्दोलनकारीबीच झडप भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *