गम्भीर बिमारी रहेका परवेज मुशर्रफ पाकिस्तान फर्किने, सेनाद्वारा स्वीकृति

फाइल फोटो

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको स्वास्थ्य निकै खराब भएको छ। रिपोर्टका अनुसार उनको शरीरका धेरै अंगले काम गर्न छाडेका छन्। उनको दुबईमा उपचार भइरहेको छ। अहिले निको नहुने परिवारले बताएका छन्। यसैबीच, पाकिस्तानी सञ्चारमाध्यममा उनी पाकिस्तान फर्किन चाहेको खबर आएको छ। यस विषयमा पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिखारले पूर्व सेना प्रमुख पाकिस्तान फर्किनुपर्नेमा सैन्य नेतृत्वको विश्वास रहेको बताएका छन्। यस्तो अवस्थामा परवेज मुसर्रफ फर्किनुपर्छ भन्ने संस्था र नेतृत्वको अडान रहेको उनले बताए। पाकिस्तान फर्कने निर्णय उनको परिवारले लिनेछ। मेजर जनरल बाबरले भनेका छन्, ‘हामीले उनको परिवारसँग सम्पर्क गरेका छौँ र उनको परिवारबाट जवाफ आएपछि आवश्यक व्यवस्था गर्न सक्छौँl उनले मुसर्रफको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। ७८ वर्षीय मुशर्रफ एमाइलोइडोसिस नामक रोगबाट ग्रसित छन्। यसअघि पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले पनि गत हप्ता भनेका थिए कि यदि मुशर्रफ पाकिस्तान फर्कन चाहन्छन् भने यसमा कुनै समस्या हुँदैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *