बंगाल: घुम-जोरबंगलो डिग्री कलेजलाई मान्यता दिलाउने पहल सुरु गरेका छौ: अनित थापा

IMG-20221209-WA0242.jpg

दार्जीलिङ: घुम-जोरबंगलो डिग्री कलेजको समस्या बुझ्न जी टी ए प्रमुख कार्यपाल अनित थापाले गत १ डिसेम्बरको दिन कलेजको भ्रमण गरेका थिए। कलेज भ्रमणको समय उनले प्राध्यापकहरूसंग यस विषयमा धेरै बेर चर्चा परिचर्चा गरे। उनले प्राध्यापकहरुको कुरालाई सुने पछि भनेका थिए कि कलेजलाई गेभर्मेन्ट ऐडेड कलेज बनाउनु पर्छ। उनले थप भनेका थिए यो काम गर्नु असम्भव छैन। हामीले यु जी सी ले राखेको नियम अनुसार काम गर्नु पर्नेछ। यो विषयलाई म युनिभर्सिटी का उपकुलपति साथै सम्बन्धित मन्त्री संग पनि कुरा राख्नेछु। आज यही मुद्दालाई लिएर अनित थापाले उत्तर बंगाल विश्वविद्यालयका उपकुलपति डा ओम प्रकाश मिश्र संग भेट गरे। उनी भन्छन, “मैले घूम जोरबङलो कलेजको मुद्दालाई उनको सामु राखे। कलेजको समस्यालाई कुन तरिकाले समाधान गर्नु पर्ने हामीले व्यावहारिक अनि प्रशासनिक बाटोको निर्क्यौल गर्यौ। डा. मिश्रले भन्नु भयो समस्याको समाधान अवश्य गर्नु सकिनेछ। कलेजले यु जी सी ले राखेको नियम पूरा गर्छ भने समस्या अवश्य समाधान हुनेछ।हामीले घूम जोर बङलो डिग्री कलेजलाई सरकारी ऐडेड कलेज बनाउने पहल लाई अघि बढाएर लगेका छौ। मलाई पूर्ण विश्वास छ चाँडो भन्दा चाँडो डिग्री कलेजले सरकारी मान्यता पाउनेछ।”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *