सिलगढ़ी प्रीमियर लीगः गत विजेता यंग मेन्स एसोसिएशन फाइनलमा

IMG-20221210-WA0002.jpg

सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा गत सीजनको विजेता यंग मेन्स एसोसिएशन (वाईएमए)-ले फाइनलमा स्थान बनायो। कञ्चनजंघा स्टेडियममा शुक्रवार भएको दोस्रो सेमिफाइनल म्याचमा वाईएमए-ले आठेरोखाई सरोजनी संघलाई ३-०-ले पराजित गऱ्यो । विजेता टीमबाट सुराग छेत्रीले आठौं, सुरजीत हंसदाले ३५औं र प्रबीण सुब्बाले ५५औं मिनटमा गोल गरे। विजेता टीमका प्रबीण सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार (११ दिसम्बर) खेलिने फाइनलमा यंग मेन्स एसोसिएशन र देशबन्धु स्पोर्टिंग युनियन (डीएसयू) -बीच भिड़न्त हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *