पश्चिम बंगाल सरकारका कानुन मन्त्री मलय घटक समय बिताए पछि अनित थापाको बोल

SAVE_20221210_243806.jpg

दार्जीलिङ: माननीय मलय घटक, कानुन मन्त्री, पश्चिम बंगाल सरकार संग आज मैले फलदायक समय बिताए। हाम्रो भेटघाटमा हामीले पहाडको विकासका पहलहरु, कानुन व्यवस्था अनि अन्य विषय माथि चर्चा गर्यौ। मन्त्री महोदयले चिया कमानको वर्तमान स्थिति माथि चासो राख्नु भयो। हामीले बन्द चिया कमान, चिया श्रमिक, मालिक पक्ष सबै माथि गम्भीर विमर्श गर्यौ। चिया उद्योगको विकास माथि सरकार गम्भीर रहेको उनले बताए।

मैले पहाडको अनि श्रमिकको पक्षबाट बन्द चिया कमान माथि भई रहेको कानुनी उल्झनलाई चाँडो भन्दा चाँडो सुल्झ्याए मात्र नयाँ मालिकहरूले बगानलाई सञ्चालन गर्नु सक्ने बताएको छु। दार्जीलिङ पहाडका चिया श्रमिकहरूको जीवन चिया बगान माथि नै निर्भर रहने अनि यदि बगान नै सुचारु ढंगमा नचले श्रमिकको जीवन साथै उद्योग नै संकटमा पर्ने बताएको छु।

सरकार पहाडको विकास गर्न तत्पर रहेको उनले बताएका छन्।

अनित थापा

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement