बंगाल: जीटीएको हर्टिकल्चर विभागको आयोजनामा च्याऊ खेती विषयमा ट्रेनिङ गराउने निर्णय

IMG-20221209-WA0249.jpg

खरसाङ: जीटीएको हर्टिकल्चर विभागको आयोजनामा च्याऊ खेती विषयमा ट्रेनिङ गरिने भएको छ। आज यस विषयमा खरसाङको गिध्द पहाड़स्थित जीटीएको सचिवालयमा हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीको उपस्थितिमा एक सभा सम्पन्न भएको छ। उक्त सभामा मानिसहरूलाई विभिन्न क्षेत्रहरूमा स्वनिर्भर बनाउनलाई कार्य गरिने र यसको लागि विभिन्न विषयहरूमा ट्रेनिङ गराउने निर्णय लिएको छ। यस अन्तर्गत च्याऊ खेती, अचार बनाउन, ट्रेलरिङ लगायत विभिन्न विषयहरूमा ट्रेनिङ गराउने विषयमा चर्चा परिचर्चा गरिएको छ। यसै अन्तर्गत आगामी १६ दिसम्बरको दिन गिध्द पहाड़स्थित जीटीएको सचिवालयमा च्याऊ खेतीमा ट्रेनिङ गराउने भएको छ। यस सभामा जीटीएको हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइली, सभासद नवराज छेत्री, नारी शक्तिको केन्द्रीय अध्यक्षा अनु प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त विषयमा जीटीए हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीले विस्तृत रुपमा जानकारी गराउँदै अनुसार आज खरसाङको गिध्द पहाड़स्थित जीटीएको सचिवालयमा हर्टिकल्चर विभागको तर्फबाट एक सभा बसेर स्थानीय मानिसहरूलाई विभिन्न विषयहरूमा ट्रेनिङ गराउने निर्णय लिएको र यसमा च्याऊ खेती, अचार बनाउन, ट्रेलरिङ लगायत विभिन्न विषयहरूमा ट्रेनिङ गराउने विषयमा चर्चा परिचर्चा गरिएको छ। उनले अघि बताए अनुसार यसै अन्तर्गत आगामी १६ दिसम्बरको दिन गिध्द पहाड़स्थित जीटीएको सचिवालयमा हर्टिकल्चर विभागको तर्फबाट स्थानीयहरूलाई लिएर च्याऊ खेती विषयमा ट्रेनिङ गराउने निर्णय लिएको र यसको लागि भागोप्रमो नारी शक्तिको केन्द्रीय अध्यक्षा अनु प्रधानसित सम्पर्क गर्न सकिने बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *