बंगाल: डा. हर्कबहादुर छेत्रीको बयान विरूध्द पेम्बा रिम्पोर्छेद्वारा खरसाङ थानामा जीडी

IMG-20221209-WA0248.jpg

खरसाङ: बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेद्वारा डा हर्कबहादुर छेत्रीको नाममा खरसाङ पुलिस थानामा जीडी गरेका छन्। केही दिन अघि कालेबुङ जिल्ला अन्तर्गत गोरूबथानमा सम्पन्न एक कार्यक्रममा बोल्दै कालेबुङका पूर्व विधायक एंव वर्तमान जिल्ला प्राथमिक स्कूल निरीक्षक डा हर्कबहादुर छेत्रीले हिन्दु धर्ममाथि ठेस पुग्ने वक्तव्य दिएको भन्दै बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे उर्फ देवभरत लामाले खरसाङ थानामा जीडी गरेको भनी उनले पछिबाट पत्रकार सम्मेलन बोलाएर जानकारी गराएका छन्। बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले पत्रकारहरूसित कुराकानी गर्दै डा हर्कबहादुर छेत्रीले एउटा उदाहरण दिएर भनेको कुरा याद छ तर धर्मको नाम गरेर उदाहरण दिनु भएन भन्दै हिन्दु धर्मलाई लत्ताएर, हिन्दु धर्मलाई ठेस पुग्ने गरी वक्तव्य दिएको कारणले नै यो स्थिति आईपरेको बताएका छन्। उनले डा हर्कबहादुर छेत्रीले हिन्दु धर्मलाई ठेस पुग्ने गरी उदाहरण दिएर बोल्नु नहुने बताउँदै कुनै पनि धर्मलाई यसरी ठेस लाग्ने गरी बोल्नु नहुने बताएका छन्। उनले अघि भने, ‘आज हिन्दु धर्मलाई ठेस पुग्ने गरी उदाहरण दिएर बोल्नु भएको छ अनि भविष्यमा अरु धर्मलाई पनि ठेस पुग्ने गरी उदाहरण दिएर बोल्नु हुँदैन। कुनै पनि धर्मलाई यसरी ठेस लाग्ने गरी बोल्नु राम्रो होइन अनि यत्तिसम्म गिर्नु पनि राम्रो होइन। अबदेखि यस्तो नगरिदिएको होस्, यो राम्रो होइन।’
पेम्बा रिम्पोर्छेले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै म धर्म गुरु भएर यस्तो कुरा गरेको भनेर प्रश्न गर्ला तर म धर्म गुरु भएकोले नै कालोलाई कालो र सेतोलाई सेतो भन्नुपर्छ अनि मलाई ढाट्नु आउँदैन। त्यसैले कुनै पनि राजनैतिक पार्टीले ढाँटेर अनि आफ्नो जातिलाई तल गिराएर राजनीति नगरिदिने अनुरोध गरेका छन्।

About Author

Advertisement