सिक्किम: मुख्यमन्त्री पीएस गोलेले जनाए मणिपूरमा विश्व शान्ति महायज्ञमा सहभागीता

fc11d362-c9f5-4d54-a979-adb2728a75db

गान्तोक: मणिपुर राज्यको सन्तोलाबाड़ी काङ्गपोक्पीमा आयोजित ऐतिहासिक षड्मासिक विश्वशान्ति महायज्ञको समापनको अवसरमा आज सिक्किमका मुख्यमन्त्री पीएस गोलेले सहभागिता जनाए। मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंह र दार्जीलिङका संसद राजु विष्टको विशेष निमन्त्रणामा मुख्यमन्त्री गोले महायज्ञमा सहभागी बनेका हुन्। यो महायज्ञ गत ३० जून, २०२२ देखि शुरु भएर ६ महिनासम्म चलेको थियो भने आज यज्ञको सफलतापूर्वक समापन भएको हो।

मणिपुर राज्यका मुख्यमन्त्रीले यस महायज्ञको समापनको अवसरमा सहभागी बन्न सिक्किम मुख्यमन्त्री गोलेलाई विशेष निमन्त्रणा दिएका थियो भने निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै आज बिहान इम्फाल अन्तरराष्ट्रिय हवाइअड्डा पुग्दा मुख्यमन्त्री गोलेलाई सांसद राजु विष्टले स्वागत जनाए भने पछि मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले पनि उनको सरकारी निवासमा स्वागत जनाए।

महायज्ञ समापनको अवसरमा मुख्यमन्त्री श्सिंहले धर्मोदय वेद विज्ञान गुरुकुलको स्थापना भएको ७५औं वर्षको अवसरमा ‘अमृत स्तम्भ’ स्मारक शिलाको अनावरण गरे। यो स्तम्भ आउने भावी-पीढ़ीका लागि आध्यात्मिक तथा धार्मिक मार्गलाई बनाइ राख्ने दिशामा गोर्खा समुदायले दिएको योगदानको प्रमाण स्वरुप स्थापित छ। सिक्किमका मुख्यमन्त्री पीएस गोले आफ्नो सम्बोधनमा पूर्वोत्तर राज्यका मानिसहरू, विशेष गरी गोर्खा समुदायका मानिसहरूबीच प्रेम तथा एकताको भावना सम्बन्धमा आफ्नो विचार साझा गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *