राजधानीमा शुरू भयो स्टेट ह्याण्डलुम एक्सपो

IMG-20221201-WA0391.jpg

गान्तोक: राज्यको हतकर्घा एवम हस्तशिल्प विकास निगम लिमिटेडको पहलमा आजदेखि राजधानीस्थित जिरो पोइन्टमा स्टेट ह्याम्डलुम एक्सपो २०२२-२३ शुरू भयो। आजदेखि शुरू भएको स्टेट ह्याम्डलुम एक्सपोको समापन आगामी १५ दिसम्बरको दिन हुने भएको छ। यस अवसरमा उत्तरपूर्वी राज्यबाट कूल ६० वटा स्टालहरू लगाइएको वाणिज्य एवम उद्योग विभागका सचिव एचके शर्माले जानकारी गराए। पत्रकाहरूसँग कुराकानी गर्दै सचिव शर्माले प्रत्येक वर्ष विभागले यस प्रकारको एक्सपो आयोजना गर्दै आइरहेको बताए। उनले यसपन्ध्र दिवसीय एक्सपोको उदघाटन गरेपछि स्टालहरूको निरीक्षण गर्दै अन्तक्रिया पनि गरे। विशेष गरेर घरेलु उत्पादलाई बढावा दिने उद्देश्यले यस प्रकारको एक्सपो प्रत्येक वर्ष देशको विभिन्न राज्यमा आयोजना गर्दै आइरहेको उनको भनाइ रहेको छ। यस एक्सपोमा स्थानीय स्वयम सहायता समूहहरूलाई पनि प्राथमिकता दिँदै स्थान दिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *