वार्ड पञ्चायतले क्षेत्र विधायक एलबी दाससित गरे भेट

IMG-20221201-WA0390.jpg

गान्तोक। पश्चिम पाण्डाम जीपीयूअन्तर्गत लोवर बरदाङ वार्ड पञ्चायत श्रीमती अरुणा सुनारले आज क्षेत्र विधायक एंव मन्त्री श्री एल. बी. दासलाई भेट गरेर आशीर्वाद थापिन्। आफू पञ्चायत चुनाउमा विजयी बनेकै दिन छोराको देहान्त भएकोले तथा छोराको अन्त्येष्टि कार्य सकेपछि आज अरुणा सुनारले पञ्चायतीराजको जनसेवाको कार्यको शुरुवात गर्नअघि आफ्नो क्षेत्र विधायक श्री एल. बी. दासको आशीर्वाद लिएकी कुरो उनले बताएकी छिन्। यस भेटमा क्षेत्र विधायक श्री दासले पञ्चायत अरुणा सुनारको छोराको असामयिक निधन भएकोमा गहिरो दुख व्यक्त गरेको अनि यस दुखको घड़ीमा उनी दुखित परिवारको साथमा रहेको बताउँदै पञ्चायत अरुणा सुनारलाई अब गाउँमा निस्किएर जनता र गाउँको हित र विकासको निम्ति काम गर्ने सुझाउ दिएको कुरो पञ्चायत अरुणा सुनारले बताएकी छिन्। उनले आजको छोटो भेटघाटमा मन्त्री दासलाई लोवर बरदाङका चालकहरुलाई पार्किङ समस्या आइपरेको स्थितिको अवगत गराउँदै यस समस्याको समाधान गरिदिने पनि आग्रह गरेकी छन्। क्षेत्र विधायक श्री दासले यस समस्याको समाधानको निम्ति पहल गरिने आश्वासन दिएको जानकारी पनि पञ्चायत अरुणा सुनारले दिएकी छिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *