एसआरडीएसद्वारा विश्व एड्स दिवस पालन

IMG-20221201-WA0394.jpg

गान्तोक: सिक्किम रिह्याबिलिटेशन डिटक्सिफिकेशन सोसाइटीद्वारा आज विश्व एड्स दिवस पालन गऱ्यो। यहाँको चिल्ड्रेन पार्क परिसरमा आयोजित कार्यक्रममा स्वास्थ्य शिविर पनि राखिएको थियो जहाँ डाक्टरहरूको उपस्थितिमा एचआईभी लगायत अन्य विषयको जाँच गरियो। योजना प्रबन्धक रिञ्जिङ भोटिया, काउन्सिलर प्रियङ्का गुरुङ अनि योजना समन्वय सिर्जना गुरुङ लगायत अन्यको पहलमा आयोजित स्वास्थ्य शिविरमा सिक्किम एड्स कण्ट्रोल सोसाइटीबाट जाँचको निम्ति प्रतिनिधिहरू उपस्थित थिए। कार्यक्रममा एचआईभी लगायत अन्य रोगहरूबारे स्थानीयहरूलाई जागरूक गराइयो। कार्यक्रममा स्थानीय चालकहरूले सहभागिता जनाएका थिए भने उनीहरूले यस प्रकारको जागरूकता कार्यक्रमबाट आफूहरू प्रभावित बनेको बताए।

जानकारी गराइन्छ, नशामुक्तिको निम्ति कार्यरत सिक्किम रिह्याबिलिटेशन एवं डिटक्सिफिकेशन सोसाइटीले निरन्तर रूपमा राज्यमा काम गर्दै आइरहेको छ। आज विश्व एड्स दिवसको अवसरमा आयोजित कार्यक्रममा डाक्टरहरूको उपस्थितिमा एचआईभी लगायत अन्यबारे विरामीहरूको स्वास्थ्य जाँच गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *