इण्डिपेण्डेन्स कपः विंगर ब्रदर्स र एलजीएससी खप्रेल सेमिफाइनलमा

IMG_20220802_230316.jpg

२ अगस्त: दुधे युथ क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप २०२२ फूटबल टुर्नामेण्टमा मंगलवार अन्तिम दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय दुधे खेल मैदानमा आज भएको पहिलो म्याचमा विंगर ब्रदर्सले पत्थरघट्टा एफसीलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सिद्धान्त छेत्रीले १०औं, प्रशान्त राई (भाइचुङ)-ले ३४औं र रुस्तम प्रधानले ४१औं मिनटमा गोल गरे। यसरी नै पत्थरघट्टा एफसी-बाट सोनम लेप्चाले २८औं मिनटमा १ गोल गरे। यसरी नै दिनको दोस्रो म्याचमा एलजीएससी खप्रेलले जेपीएफसी बाघडुग्रालाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो। नियमित समयमा खेल १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा एलजीएससी खप्रेलबाट सोनम थापाले ४७औं र जेपीएफसी बाघडुग्राबाट जोन खातीले ५९औं मिनटमा पेनल्टीबाट गोल गरे। अब ६ अगस्तको दिन खेलिने पहिलो सेमिफाइनलमा हर्के एफसी मारापुर र मन्सारजोत मेचेबस्तीबीच भिड़न्त हुनेछ। यसरी नै ७ अगस्तमा दोस्रो सेमिफाइनल विंगर ब्रदर्स र एलजीएससी खप्रेलबीच खेलिनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा कोषाध्यक्ष विशाल शर्माले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *