गान्तोक: अाज मेडिकल कलेजको निर्माण श्रमिकहरूका लागि सोच्यागाङमा जागरूकता एवं स्वास्थ्य शिविरकाे आयोजन गरियो। कार्यक्रमको आयोजना आजादीको अमृत महोत्सव अन्तर्गत ईएसआईसी, श्रम विभाग, सिक्किम सरकारले गरेको थियो।
श्रम विभागका अतिरिक्त मुख्य सचिव एके यादवले शिविरको उद्घाटन गरे। कार्यक्रममा ईएसआईसीका निदेशक डीएस कुंवर, डाक्टर, नर्स तथा अन्य कर्मचारीहरू उपस्थित थिए। शिविर अवधि लगभग २०० निर्माण श्रमिकहरूको उपचारपछि निःशुल्क औषधी प्रदान गरियो।











