यूएसएससीए र सेण्ट जेभियर्स स्कूल टाईब्रेकरमा विजयी

IMG-20220802-WA0168.jpg

२ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मंगलवार दुईवटा म्याच खेलियो। यी दुवै म्याचको फसेला टाईब्रेकरमा भयो। स्थानीय पाक्योंग सेण्ट जेभियर्स मैदानमा जारी यस नाइन ए साइड टुर्नामेण्टमा आज भएको पहिलो म्याचमा यूएसएससीए-ले रेन्जोंग एफसी (गान्तोक)-लाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यसरी नै दोस्रो म्याचमा सेण्ट जेभियर्स स्कूलले ब्रदरहूड एफसी (गान्तोक)-लाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। दोस्रो म्याचमा पनि नियमित समयमा स्कोर १-१-को बराबरीमा रहेको थियो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच १२ र १३ अगस्तमा खेलिनेछ। यसरी नै फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३,००,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा २,००,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *