नाग पञ्चमीको दिन चाल्सा चियाबारीबाट धेरै मात्रमा कोब्रा उद्धार

522eb887-aef6-4baf-b50f-c69b65cd8fe1

मटेली: मटेली क्षेत्रको चाल्सा चियाबारीको पक्का लाइनस्थित चैतु उराउँको घरबाट  लगभग ३६ वटा कोब्रा एवं ३ वटा कालो कोब्रा उद्धार गरेर खुरिया बन्दाको टियाबन जङ्गलमा छोडिएको छ| उक्त सॉंपलाई सर्प प्रेमी दिवस राईले उद्धार गरेका छन्| सर्प प्रेमी दिवस राईले भने, एउटा माटोको घरको मुनि धेरै सॉंपहरू लुकेको थियो| जस्तो मैले खबर पाए त्यहॉं गएर सबै सॉंपलाई उद्धार गरेर आज नाग पञ्चमीको दिन खुरिया बन्दा टियाबन जङ्गलमा छोड्न आएको छु| अर्कोतिर मङ्गलवार दिउँसो चाल्सा चियाबारीबाट एउटा अजिङ्गर  उद्धार गरिएको छ| उक्त अजिङ्गरलाई सर्प प्रेमी दिवस राईलाई सुम्पिदिएको छ|  सर्प प्रेमी दिवस राईले भने, उक्त अजिङ्गरलाई जङ्गलमा छोडिदिनेछ|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *