विद्युत खाँबामा आगो

IMG_20220903_184702.jpg

विधान मार्केटका व्यवसायीहरूको तत्परताले आगो ल्याइयो नियन्त्रणमा

सिलगढी: सिलगढी विधान मार्केट नजिक, राधागोविन्द मन्दिर छेउमा रहेको बिजुलीको खाँबामा सर्ट सर्किट हुँदा आगो लागेपछि एकक्षण निकै भागदौड मच्चियो। यहाँका व्यवसायीगण तथा स्थानीय मानिसहरूको तत्परताले ठुलो दुर्घटना हुनबाट जोगियो। प्राप्त जानकारी अनुसार आज इलाकाको एउटा बिजुलीको खाँबोबाट अचानक धुवाँ तथा आगो लागेको स्थानीय मानिसहरूले देखेपछि घटनाबारे दमकल तथा पुलिसलाई खबर दिए। अग्निशमन विभागले विधान मार्केटमा एउटा सचेतना शिविरको आयोजना गरेर आगो लागे यसलाई कसरी निभाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएको थियो भने त्यहीँ प्रशिक्षणलाई काममा लगाएर मार्केट कमिटीका सदस्य तथा व्यवसायीहरूले आगोलाई नियन्त्रणमा ल्याए। अर्कोतिर, घटनाको खबर पाएर पानीट्याङ्की आउटपोस्ट पुलिस, बिजुली विभागका कर्मचारी तथा दमकल कर्मचारीहरू घटनास्थलमा पुगे। दमकल सूत्रले दिएको जानकारी अनुसार सर्ट सर्किटले गर्दा उक्त आगलागी भएको हो।

About Author

Advertisement