ट्रायल रन अन्तर्गत वन्दे भारत गुवाहाटी रेलवे स्टेशन पुग्यो

nat-1

गुवाहाटीः भारतीय रेल सेवाको नवीनतम र अत्याधुनिक ‘वन्दे भारत’ ट्रेन आज गुवाहाटी पुग्यो। ट्रेनको ट्रायल रन आज बिहान ६.१० बजी न्यू जलपाइगढ़ी स्टेशनबाट शुरू गरियो र दिउँसो ११.५५ बजी ट्रेन पलटन बजार स्थित गुवाहाटी रेलवे स्टेशनमा सफलतापूर्वक पुग्यो। यस प्रकार आज गुवाहाटीसम्म ‘वन्दे भारत’ ट्रेनको ट्रायल रन सफलतापूर्वक गरियो। ट्रेनले आफ्नो ट्रायल रन यात्रा केवल ५ घण्टा ४५ मिनटमा पुरा गऱ्यो। पूर्ण रूपमा चालू भएपछि ट्रेनमा यात्राको समय कम हुने सम्भावना रहेको थाहा लागेको छ। ‘वन्दे भारत’ ट्रेन यात्रा न्यू जलपाइगढ़ीदेखि गुवाहाटी रेलवे स्टेशनसम्म कुनैपनि ट्रेनको सबैभन्दा तीव्र यात्रा हो। यसअघि राजधानी एक्सप्रेसले ६ घण्टा ३० मिनटमा यात्रा पूरा गर्दछ।

पूर्वोत्तरका यात्रीहरूले लामो समयदेखि ‘वन्दे भारत’ को सेवाको प्रतिक्षा गरिरहेका छन्। सम्भवतः ट्रेनको यात्रा छिट्टै नै शुरू हुन गईऱहेछ। पहिले पनि धेरै पल्ट ‘वन्दे भारत’ लाई पूर्वोत्तरमा चलाउनका लागि समय-सीमा निर्धारित गरिएको थियो तर कुनै कारणहरूवश यसको सेवा शुरू हुन सकेको थिएन तर अब गुवाहाटी-न्यू जलपाइगढ़ी रूटमा ‘वन्दे भारत’ को सेवा शुरू हुन गईऱहेछ।

-हिस

About Author

Advertisement