कथाकार समीर राई “शान्ति”को तेस्रो कथासंग्रह “रामेछाप टाइगर”को विधिवत लोकार्पण समपन्न

Screenshot_20230906_225431_WhatsApp.jpg

गोरुबथान (महेश्वर प्रधान): गोरुबथानको साहित्यिक उर्वर भूमिमा नव युग पुस्तक मन्दिरको देन अतुलनीय रहेको छ।यस प्रकाशन संस्थाले ६०को दशकदेखि पुस्तक प्रकाशनको अभिभारा उठाएको थियो। उसबेला नरबहादुर दाहाल, इन्द्र बहादुर राई, अच्छा राई रसिक तथा अन्य धेरै साहित्यकारहरुको पुस्तक प्रकाशन गरिदिएको थियो। श्री किरात तथा उहाँका समकालिन हरुको सतप्रयासमा स्थापना भएको यस नव युग मन्दिरले यस पटक गोरुबथानको क्षेत्रको ख्यातिप्राप्त कथाकार समीर राई शान्तिको तेस्रो कथासंग्रह प्रकाशन गरेको छ। सोमबारे बजारमा स्थित सदभाव हलमा गोरुबथान सरकारी महाविद्यालयको प्राध्यापक ज्ञानेन्द्र यक्सोको प्रमुख आतिथ्यमा तथा विलियम फिपन सोल्टी,गोबिन परियार, सितम मोक्तान, तेन्हाङ राई,सुर्यमणि राई, सुरज रोसुरी आदिको विशिष्ट आतिथ्यमा “रामेछाप टाइगर”को विधिवत लोकार्पण गरियो। जीवन राई र दिवाकर राईको संयुक्त सन्चालनमा सन्चालित कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुको बाहुलीबाट दीप प्रज्वलन गरियो।सागर राईले नारायण गोपालको मीठो गीत सुनाएर सबैलाई मन्त्रमुग्ध बनाए। हास्य कवि विलियम फिपन सोल्टी, गोबिन्द परियार,सुरज रोसुरी तथा ज्ञानेन्द्र यक्सोले आआफ्नो विचार राख्ने क्रममा सर्जकलाई बधाई टक्रयाए तथा पुस्तक पठनप्रति वर्तमान पिढीलाई कसरी प्रेरित गर्न सकिन्छ भन्ने विषयलाई उजागार गरे। नव युग पुस्तक मन्दिरको सभापति तेन्हाङ राईले प्रकाशित पुस्तकहरु सबैले मिलेर किनिदिए यस्ता प्रकाशन संस्थाहरु दिगो बनेर जाने कुरो बताए। नव युग पुस्तक मन्दिर गोरुबथानको धरोहर हो तसर्थ यसलाई जोगाउन सबैको कर्तव्य पनि हो तसर्थ सबैलाई यस विषयमा गम्भिर भएर सोचिदिने आह्वान पनि गरे। कार्यक्रममा धन्यबाद ज्ञापन मेघनाथ राईले गरेका थिए।

About Author

Advertisement