उत्तर बंगालमा वर्षा जारी

IMG-20240705-WA0144

बढ्यो सबै नदीको पानीको सतह, धेरै क्षेत्रमा रेड अलर्ट

जलपाईगुडी: उत्तर बंगाल सहित जलपाईगुडी जिल्लामा विगत केही दिनदेखि लगातार वर्षा भइरहेको छ। वर्षाका कारण टिष्टा, महानन्दलगायत सबै नदीको पानीको बहावमा उल्लेख्य वृद्धि भएको छ। धेरै ठाउँमा तटीय क्षेत्रमा पनि पानी पस्न थालेको छ। वर्षा रोकिएन भने बाढीको खतरा छ। यसबाट तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरु निकै डराउँइ रहेको छन्। टिस्टा नदीमा पानीको बहाव बढेपछि मेखलीगञ्जदेखि बंगलादेशको सीमासम्मको असुरक्षित क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। यससँगै राष्ट्रिय राजमार्ग ३१ जलढाका नदीका असुरक्षित क्षेत्रमा पनि रेड अलर्ट जारी गरिएको छ। जलढाका नदीका संरक्षित क्षेत्रमा पहेंलो चेतावनी जारी गरिएको छ। यसका साथै तिस्ता र डोम्हानीका संरक्षित क्षेत्रमा पनि पहेंलो चेतावनी जारी गरिएको छ। जलपाईगुडी सिंचाई विभागको बाढी नियन्त्रण केन्द्रका अनुसार शुक्रबार बिहान जलपाईगुडी गजोल्डोबा टिस्टा ब्यारेजबाट २२०८.११ घनमिटर पानी छोडिएको थियो। लगातारको वर्षाका कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ। सडकमा निकै कम मानिसहरु देखिन्छन्। दैनिक काम गर्न जनतालाई निकै समस्या भइरहेको छ।

About Author

Advertisement