मणिपुर पैह्रोमा शहीदहरूलाई श्रद्धाञ्जली

IMG-20220702-WA0154.jpg

कालचिनी: मणिपुर पैह्रोमा ज्यान गुमाएको टेरिटोरियल सेनाका जवानहरुको श्रद्धाञ्जली स्वरूप आज कालचिनी विधायक विशाल लामाको नेतृत्वमा कालचिनी मोमबत्ती चौकको शहीद वेदीमा मोमबत्ती बालेर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरियो। आज उक्त अवसरमा भाजपा ९ नम्बर मण्डल सभापति उत्तम लामा लगायत युवा समाजसेवी अञ्जान भट्टाचार्य एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
विद्यायक विशाल लामाले प्राकृतिक आपदाको पैह्रोले भारतीय सेनाका जवानहरूको यसरी शहादतले सम्पूर्ण देशलाई नै मर्माहत बनाएको यस घड़ीमा शोक सन्तप्त परिवारप्रति सम्वेदना व्यक्त यसै श्रद्धाञ्जली अर्पण गरिएको जनाएका छन्।

About Author

Advertisement