२४ जुलाईः सऊदी अरबको फूटबल क्लब अल हिलालले फ्रान्सका स्टार स्ट्राईकर कीलियन एम्बाप्पेलाई हासिल गर्न रेकर्ड ३० करोड़ यूरो (३३ करोड़ २० लाख डलर)-को प्रस्ताव दियो। फ्रान्सको च्याम्पियन क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले आफ्ना खेलाड़ीको निम्ति प्रस्तावको पुष्टि गरेको छ अनि अल हिलाललाई सीधै एम्बाप्पेसँग कुरा गर्ने स्वीकृति पनि दिएको छ। फिफा वर्ल्ड कप २०१८ विजेता टीमका सदस्य एम्बाप्पेको पीएसजी-सँग अनुबन्ध विवाद चलिरहेको छ कारण उनले आफ्नो अनुबन्धमा १२ महिना विस्तारको विकल्प नलिने फसेला गरेको छ। उनको सत्रको अन्तमा फ्री एजेण्ट बन्ने रहेको छ। एम्बाप्पे चाँड़ै स्पेनिश क्लब रियल म्याड्रिडमा सामेल हुने पनि यूरोपियन मीडियामा खबर रहेको छ। यस्तो स्थितिमा सऊदी क्लबको प्रस्तावले एम्बाप्पेलाई एकपल्ट सोच्न चाहिँ अवश्यै वाध्य गर्नेछ।