खरसाङ: मणिपुरको पैह्रोमा परेर ज्यान गुमाएका १०७ टीए बटालियनको ११ जना जवानहरूको पार्थिव शरीर आज ल्याइएको छ। ११ जनाको पार्थिव शरीर हवाई मार्ग भएर बागडोगरा विमान स्थल हुँदै सैनिक छाउनी बेङ्गडुबी ल्याएर सैनिक सम्मानसहित श्रध्दाञ्जली अर्पण गरिएको छ। १०७ टीए बटालियनको ११ जना मणिपुरको पैह्रोमा परेर शहीद बनेका जवानहरूमा खरसाङ क्षेत्रका दुईजना गौरी शंकर चियाबारी निवासी विधान राई र रोहिणी निवासी मिलन तामाङको पनि पार्थिव शरीर रहेका छन। जवानहरूको सबै पार्थिव शरीरलाई बेङ्गडुबीबाट सैनिक सम्मानसहित श्रध्दाञ्जली अर्पण गरी आफ्नो आफ्नो पैतृक थला पठाइएको छ। शहीद जवानहरूलाई बेङ्गडुबीमा श्रध्दाञ्जली अर्पण गर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा, दार्जिलिङ र खरसाङका विधायकद्वय निरज जिम्बा र बीपी बजगाई, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पंखाबारी लङ्भ्यु अम्बटे समष्टीको बिजय प्रार्थी, राजेस चौहान, परेस तिर्की लगायत जवानहरूका परिवार पक्षका मानिसहरू उपस्थित रहेका थिए। ११ जना शहीद बनेका जवानहरूलाई अवकाशप्राप्त कर्नल केशव राईले मणिपुरको प्राकृतिक प्रकोपमा परेर जम्मा ७६ जना पैह्रोमा परेको र त्यसमा ४३ जना आर्मीको जवानहरू रहेको बताउँदै हाम्रो आर्मीको एकजना र तीनजना अफिसरहरू लगायत ३९ जना जवानहरू रहेको अनि त्यसमा १३ जनलाई सकुशल रिकभर्स गरिएकोले उनीहरू जीवित रहेको बताए। उनले १२ जना जवानहरूको पार्थिव शरीर भेट्टाइएको र १५ जना जवानहरू अझैं नि:खोज रहेको जानकारी गराउँदै आज ११ जनाको पार्थिव शरीरहरू यहाँ ल्याइएको र त्यसमा ९ जना दार्जिलिङ पहाड़को रहेको साथै १ जना सिक्किमको अनि एकजना जलपाईगुडीको नगरकट्टाको रहेको बताएका छन्। अवकाशप्राप्त कर्णल केशव राईले यो घटना अहिसेसम्मकै सबैभन्दा ठूलो घटना रहेको बताएका छन्।