‘मेरो भाइस कप युनिभर्स’का रूद्र बानियाँ अनि भोइस अफ् नेपाल सिजन तीनको विजेता किरण गजमेरलाई खरसाङमा स्वागत अनि सम्बर्ध्दना

IMG-20230724-WA0331.jpg

खरसाङ: खरसाङ संगीतकार संघको तर्फबाट मेरो भाइस कप युनिभर्स अनि मेरो डान्स युनिभर्सका प्रोजेक्ट म्यानेजर एंव क्रियटिभ डाइरेक्टर रूद्र बानियाँ, अनि भोइस अफ् नेपाल सिजन तीनको विजेता किरण गजमेरलाई खरसाङमा सम्बर्ध्दना जनाइएको छ। यस अवसरमा संगीतकार, संगीत संयोजकहरू क्रमै सहदेव चामलिङ, महेश्वर लामा, उपेन प्रधान, रुपेस रसाईली लगायत सामाजिक कार्यकर्ता निपेन लामा, नमस्ते खरसाङ च्यानलको निर्देशक निर्मल गुरुङ लगायत अन्यहरूको उपस्थिति रहेको थियो। संगीतकार संघ खरसाङको पक्षबाट यसरी न्यानो माया र सम्मान जनाएकोमा आफुहरू धेरै खुशी लागेको बताउँदै मेरो भोइस कप युनिभर्स अनि मेरो डान्स युनिभर्सका प्रोजेक्ट म्यानेजर एंव क्रियटिभ डाईरेक्टर रुद्र बानियाँले भाषा, संस्कृति, कला बचाउन दार्जिलिङ आउन पर्ने कुरा सत्य रहेछ भनी बताएका छन्। उनले संसारभरिका नेपालीहरूलाई एक सूत्रमा बाँध्ने लक्ष्य राखेर इन्टरनेशनल वेलफेयर सपोर्ट फाउण्डेशनले कार्य गरिरहेको र यस कार्यमा दार्जीलिङले पनि सक्रिय रूपमा भाग लिने अनुरोध गरेका छन्। त्यसरी नै भोइस अफ् नेपाल सिजन तीनको विजेता किरण गजमेरले धेरै दिनदेखि यहाँ आउने सपना थियो र अाज पूरा भएको बताए। उनले भोइस अफ् नेपालमा जीत दिलाउन दार्जीलिङको पनि भूमिका रहेको बताए। यस अवसरमा भोइस अफ् नेपाल सिजन तीनमा प्रसिध्द बनेको ‘जनम जनम जिउँला सँगै’ नामक गीत किरण गजमेर र सुरक्षा सेञ्चुरीले युगल रूपमा आज पनि गाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement