फिल्म बोर्डकी चेयरपर्सन पूजा शर्माले राज्यपालसॅंग भेट गरिन्

ps_391

गान्तोकः सिक्किम फिल्म प्रमोशन बोर्डकी चेयरपर्सन पूजा शर्माले आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग शिष्टाचार भेट गरिन्।

राजभवनले प्रेस विज्ञप्तिमा जनाए अनुसार, पूजा शर्माले राज्यपाललाई बोर्डको विभिन्न गतिविधिहरूको बारेमा जानकारी दिइन्। उनले राज्यका मुख्यमन्त्रीको कुशल नेतृत्वमा सिक्किमले फिल्मको क्षेत्रमा हासिल गरेका उपलब्धिहरूको बारेमा पनि अवगत गराइन्।

बैठक अवधि बोर्डको उद्देश्यमाथि चर्चा भएको बताइएको छ। राज्यपालले बोर्डको प्रयासहरूको सराहना गर्दै राज्यमा फिल्म उद्योगको विकासको निम्ति निरन्तर समर्थनको आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement