विधानसभा अध्यक्ष अरूण उप्रेती गरे बाइपास सडकको निरीक्षण

IMG-20230724-WA0357.jpg

गान्तोक: आरिथाङ समष्टिका विधायक एवं सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेतीले आज क्षेत्रको बाइपास सडकको निरीक्षण गरे। विशेष गरेर गत केही दिन अघि उक्त सडकमा गएपछि यातायात वाधित बनेको थियो। पैह्रो जाँदा सड़क सम्पर्क विच्छेद भएपछि यसको समाधानको दिशामा भइरहेको कार्य प्रगतिको निरीक्षण गर्ने उप्रेतीले भ्रमण गरे। विगत दुई हप्तादेखि पैह्रोको कारण बाइपासदेखि जिल्ला कार्यालय तथा एसटीएनएम अस्पताल जाने सड़क अवरुद्ध बनेको छ। विधायक उप्रेतीले कार्य प्रगतिको निरीक्षण गर्दै सडक निर्माण कार्यमा भइरहेको विलम्बप्रति असन्तुष्टि व्यक्त गरे। उनले अहिलेसम्म कम्तिमा आपातकालीन सेवाहरूका लागि गुड्ने वाहनहरूलाई पास दिन सकिने काम भइसक्नु पर्थ्यो। विभिन्न आपातकालीन सेवामा जुटेका वाहनलाई यस सड़कबाट कुदाउ सकिएको भए, केही हदसम्म राहत पाउने मन्तव्य प्रकट गरे। राज्यस्तरीय अस्पताल जाने यो प्रमुख सड़क भएको कारण यतिबेलासम्म धेरै काम भइसकेको हुनुपर्ने थियो।उनले सडक निर्माण कार्यलाई लिएर सम्बन्धित पक्षलाई जतिसक्दो चाँड़ो काम सिध्याउन कड़ा निर्देश दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement