एचआरजीको निम्ति परामर्श केन्द्र स्थापनाको निम्ति समन्वय बैठक आयोजित

sacs_289

गान्तोकः उच्च जोखिम समूहहरूको लागि परामर्श केन्द्र (एचआरजी) स्थापनाको निम्ति समन्वय बैठक आयोजन गरियो। उक्त बैठकको आयोजना सिक्किम स्टेट एड्स कण्ट्रोल सोसाइटीले गान्तोक जिल्लाको जिल्लापाल कार्यालयको सम्मेलन हलमा नेशनल एड्स कण्ट्रोल अर्गनाइजेशनको तत्वावधानमा गरेको थियो।

बैठक आयोजना गर्नुको उद्देश्य राज्यका हित धारकहरूलाई परामर्श केन्द्र स्थापनाको बारेमा अवगत गराउनु रहेको थियो। पहिलो, ताथङ्गचेनमा फ्रीडम रिह्याबिलिटेशन सेन्टरको समन्वयमा आईडीयूहरूको निम्ति र दोस्रो रेन्बो हिल्स वेलफेयर एसोसिएशनको समन्वयमा एमएसएम र ट्रान्सजेन्डरहरूको निम्ति रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

बैठकमा सोसाइटीकी परियोजना निदेशक डा. डिकी डब्ल्यु. फेम्पुले यस्ता केन्द्रहरूको स्थापनाको महत्वमाथि प्रकाश पारिन्। बैठकमा सदस्यहरूले यस्ता केन्द्रहरू स्थापना हुने क्षेत्रका बासिन्दाहरूलाई पनि सचेत बनाउनुपर्ने विषयमा छलफल गरेका थिए। एचआरजीका प्रतिनिधिहरूले यस पहलको सराहना गरे। परामर्श केन्द्रहरूको सञ्चालन अगस्त २०२३ देखि शुरू हुने बताइएको छ।

बैठकमा जिल्लापाल तुषार निखारे, एडीएम एआर रमेश, एसडीपीओ प्रकाश सुब्बा, एसडीएम महेन्द्र छेत्री आदि पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement