गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टी चालक मोर्चा प्रकोष्ठका शिर्ष टोलीद्वारा आज बिहान राज्यका यातायात विभाग मन्त्री एमएन शेर्पा साथै मन्त्री सञ्जित खरेलसित गान्तोक स्थित सरकारी निवासमा भेट गरेका छन्। भेटको क्रममा चालक मोर्चा प्रकोष्ठक मुख्य संयोजक राजु ठटाल, सचिव निमा लामा, सोनम तामाङ साथै उत्तर सिक्किम चालक मोर्चा प्रकोष्ठका कार्यकरी सदस्यहरू सामेल रहेका थिए। यस भेटको मुख्य उद्देश्य आगामी २७ जुलाईको दिन पाकिम जिल्ला अन्तर्गत सरमसा गार्डनमा सम्पन्न हुन गईरहेको सारथी सम्मान दिवास(चालक दिवस) लाई कसरी सफल पार्ने भन्ने बिषयमा चर्चा परिचर्चा गर्नु रहेको थियो। भेटको क्रममा मन्त्रीद्वयसित चालक मोर्चाका पदाधिकारीहरूले सारथी सम्मान दिवसलाई भव्यताका साथ सम्पन्न गर्ने बिषयमा चर्चा परिचर्चा गरेको बताइएको छ।