शहीद शंकर छेत्रीको पार्थिक शरीर घर पुग्यो

IMG-20220702-WA0151.jpg

मालबजार: गत दुई दिन अघि मणिपुर राज्यको नोनी जिल्लामा ड्युटीको समय पैह्रोको चपेटमा परेर बंगालको ११ जना जवानहरू शहीद भएको थियो। शहीदहरूमध्ये जलपाइगढी जिल्लाको नगरकट्टा मङ्गरुपाडा इलाकाको निवासी शंकर छेत्री (३०) को नाम पनि सामेल थियो। शनिवार शहीद भएका जवानहरूको पार्थिव शरीर मणिपुरबाट बागडोग्रा ल्याइएको थियो। त्यहाँबाट शहीद शंकर छेत्रीको शव सिलगढी राष्ट्रीय राजमार्ग ३१ भएर मालबजार हुँदै आफ्नो गाउँ नगरकट्टा मङ्गरुपाडा लगियो। शहीदको अन्तिम दर्शनको निम्ति ओदलाबारी, मालबजार, चाल्सा, नगरकट्टासहित संलग्न इलाकाको मानिसहरू सड़कमा उत्रिएर शहीदलाई श्रद्धाञ्जलि दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement