लम्पी रोगलाई सिक्किम सरकारले घोषणा गऱ्यो ‘आपदा’

IMG-20230725-WA0009.jpg

गान्तोकः घर पालुवा पशुप्राणीमा लाग्ने लम्पी रोगलाई सिक्किम सरकारले स्थानीय स्तरमा आपदा घोषणा गरेको छ। सिक्किम सरकारको भू राजस्व एवं आपदा प्रबन्धन विभाग अन्तर्गत राज्य कार्यकारी समितिको सिफारिस र सिक्किम राज्य आपदा व्यवस्थापन प्राधिकरणका अध्यक्षको सिफारिसमा लम्पी रोगलाई सरकारले आपदा घोषणा गरेको हो।

राज्यमा लम्पी रोगका कारण धेरै गाईबस्तु प्रभावित भएको स्थितिलाई ध्यानमा राख्दै सरकारले लम्पीलाई आपदा घोषणा गरेको हो जसको निम्ति विभागबाट अधिसूचमा पनि जारी भएको छ। लम्पी रोगलाई स्थानीय स्तरमा सरकारले आपदा घोषणा गरेसँगै यस रोगको प्रभावले भएको क्षति माथि सरकारबाट राहत सहायता हुने बाटो पनि खुल्ला भएको छ।

जानकारी गराइन्छ, राज्यमा लम्पी रोगको प्रभावको स्थितिलाई ध्यानमा राखेर गत १ जुलाईमा जोरथाङमा पालन भएको तेस्रो ग्वाला दिवसको अवसरमा मुख्यमन्त्री पीएस गोलेले लम्पी रोगका कारण गाईबस्तु गुमाएका परिवारलाई सरकारले क्षतिपूर्ति दिने घोषणा गरेका थिए। यस सम्बन्धमा आपदा प्रबन्धन विभागले १८ जुलाईका दिन जारी गरेको अधिसूचनासंगै पशुपालन क्षेत्रमा संलग्न किसानहरूले राहत पाउनसक्ने व्यवस्था स्थापित भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement