मुर्शिदाबादमा कांग्रेस कार्यकर्ताहरूमाथि बम फ्याँकियो, दुई घाइते

IMG-20230410-WA0169-11-300x172-9

मुर्शिदाबादः मुर्शिदाबाद जिल्लाको रानीनगरमा आइतवार राति कांग्रेस कार्यकर्ताहरूमाथि बम फ्याँकियो। यस घनटाको आरोप कांग्रेसले तृणमूल कांग्रेसमाथि लगाएको छ। प्राप्त जानकारी अनुसार, आइतवार राति लगभग ९.१५ बजी रानीनगरको डिप्टीपाड़ा क्षेत्रमा कांग्रेस कार्यकर्ताहरूलाई लक्ष्य गरी बम फ्याँकियो।

यस घटनामा रिन्टू शेख र पायलट शेख नाम गरेका दुई कांग्रेस कार्यकर्ता घाइते भए। गम्भीर रूपमा घाइते रिन्टू शेखलाई पहिले ब्लक प्राथमिक स्वास्थ्य केन्द्र लगियो। त्यहाँ उनी अझ् अस्वस्थ हुँदा उनलाई मुर्शिदाबाद मेडिकल कलेज अस्पतालमा भर्ती गराइयो। अहिले मुर्शिदाबाद मेडिकल कलेज अस्पतालमा उनको उपचार भइरहेछ।

रिन्टूका परिवारको दाबी छ, यस घटनाको पछाड़ी स्थानीय तृणमूल नेतृत्वको हात छ। चुनाउ भएदेखि नै गाउँलेहरूमाथि अत्याचार भइरहेछ। रिन्टूलाई पहिलेपनि धमकी दिइएक आरोप छ। खबर लेखिञ्जेलसम्म यस मामिलामा तृणमूल कांग्रेसको तर्फबाट कुनै प्रतिक्रिया आएको थिएन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement