युनाइटेड आर्म रेस्लिङ एसोसिएसनका प्रतिनिधिहरूले गरे राज्यपालसँग शिष्टचार भेट

IMG-20230724-WA0353.jpg

गान्तोक: युनाइटेड आर्म रेस्लिङ एसोसिएसनका प्रतिनिधिहरूले आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग उनको सरकारी निवास राजभवनमा शिष्टचार भेट गरे। संस्थाका अध्यक्ष गणेश कुमार सुब्बाको नेतृत्वमा गएको टोलीले संस्थाको आगामी योजना, उद्देश्य र खेलाडीहरूको प्रगतिबारे चर्चा परिचर्चा गरे। राज्यपालले राज्यमा रेस्लिङ खेलाडीहरूको प्रगतिबारे सुनेपछि खुशी प्रकट गर्दै राज्यमा खेलाडीहरूको अदभुत प्रतिभा रहेको बताउँदै यी खेलाडीहरूलाई विश्वस्तरको प्रतियोगितामा सहभागिता जनाउनको निम्ति प्रेरित गर्नुपर्ने आवश्यकता रहेको महसुस गरे। राज्यपालले संस्थाको कार्यलाई सराहना गर्दै खेलाडीहहरूलाई क्षमताको दिशा प्रदान गर्ने उद्देश्यले संस्थाले राम्रो कार्य गरिरहेको बताए। उनले यस दिशामा अधिक जागरूकता गराउनु पर्ने साथै टिम स्पिरिटलाई बढावा दिनुपर्ने विषयमा जोर दिए। यस संस्थाको गठन वर्ष २०१६ मा भएको र संस्थाले आगामी दिनमा राष्ट्रीयस्तरको प्रतियोगिता राज्यमा आयोजना गर्ने योजना बनाएको राज्यपाललाई अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement