कोलकाताः पुरूलिया जिल्लाको झालदा नगरपालिकामा एक पल्ट फेरि बलपूर्वक कब्जा गर्ने प्रयास गरिएको आरोप सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसमाथि लागेको छ। निर्दलीय पार्षदहरू र कांग्रेसका पार्षदहरूलाई डराइएको-धम्काइएको आरोप छ। यसपछि कांग्रेस आफ्ना तीन पार्षद र दुई निर्दलीय पार्षदहरूलाई कोलकाता लिएर आएको छ। यिनीहरूलाई सोमवार सुरक्षित कोलकाता पुऱ्याइएको छ। यसमा चेयरम्यान पदका उम्मेदवार शीला चटर्जी पनि सामेल छिन्, जसले निर्दलीय रूपमा जितेकी थिइन् तर कांग्रेसको समर्थनले चेयरम्यान बनेकी छन्।
उनका साथै रन्जन कर्मकार नाम गरेका अझ् एक निर्दलीय पार्षदलाई पनि ल्याइएको छ। कांग्रेस नेता एवं अधिवक्ता कौस्तव बागचीले सोमवार बताए, तृणमूल कांग्रेस यहाँ गठित बोर्डलाई भंग गर्नमा जुटेको छ यसैले पार्षदहरूलाई यहाँ सुरक्षित ल्याइएको हो। कोलकातामा यिनीहरू सुरक्षित छन्। हामीसित नै बसिरहेका छन्। तृणमूल कांग्रेसले यिनीहरूलाई लगातार सताइरहेछ र पुलिसको पनि डर देखाइरहेछ। हामी कलकत्ता हाईकोर्टको दैलो ढकढकाउनेछौं। कोलकाता पुगेका पार्षद रन्जनले भने, म निजी कामले कोलकाता आएको छु। नेपाल महतोसित कुराकानी भएको छ। कुनै समस्या छैन। अहिले सबै ठीकै छ।
-हिस