आरजीकर अस्पतालमा भ्रष्टाचारको आरोप, शिकायत गर्ने अधिकारीको ट्रान्सफर

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाताको राजकीय आरजीकर अस्पतालमा भ्रष्टाचारको आरोप रोकिने नाम लिइरहेको छैन। अस्पतालको नन मेडिकल डिप्टी सुपर रहिसकेका अख्तर अलीले सोमवार बताए, लामो समयदेखि स्वास्थ्य विभागको संज्ञानमा मेडिकल वेस्ट बिक्रीको मामिला ल्याइरहेछु तर कुनै कारबाही भइरहेछैन। अस्पतालमा जब म नन मेडिकलको सुपरको पदमा तैनात थिए तब मैले बायो मेडिकल वेस्ट गैर कानूनी बिक्रीलाई लिएर धेरै पल्ट स्वास्थ्य विभाग कहाँ शिकायत गरे तर कारबाहीको साटो मेरो ट्रान्सफर गरियो।

उनी भन्छन्, बायोमेडिकल वेस्टको बिक्री एक धेरै ठूलो ऱ्याकेटको काम हो। रोगीहरूलाई लगाइने इन्जेक्शनको निम्ति जुन सिरिन्जको प्रयोग हुन्छ, त्यसलाई फेरि सफा गरी प्याके गरेर बेचिन्छ। यसैगरी सलाइन सिरिन्ज र अन्य पाइपलाई पनि पुनः बेचिन्छ। यसबाट धेरै प्रकारका संक्रामक रोगहरू बढ्ने खतरा बनिरहन्छ। त्यस बाहेक करोड़ौं-करोड़ौं रूपियाँको गैरकानूनी टेन्डर जारी गरिन्छ, जसमा दवाईरूको खरीद बिक्रीदेखि लिएर मेडिकल आपूर्तिसम्म सामेल छ। यसमा पनि आफ्नै मान्छेहरूलाई टेन्डर दिइन्छ, जसबाट ठूलो धनराशि असूली गरिन्छ। ठेकामा कर्मचारीहरूको नियुक्तिमा पनि असूली हुनेगर्छ। मैले यी तमाम आरोपहरूलाई लिएर शिकायत गरेको थिए।

उनी भन्छन्, २० मार्चमा मैले यस सम्बन्धमा स्वास्थ्य विभागलाई जानकारी दिए औं रातारात मेरो ट्रान्सफर गरियो। यसको पछाड़ी कति ठूलो ऱ्याकेटले काम गरिरहेछ, यो बुझ्न सकिन्छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी नै राज्यको स्वास्थ्य मन्त्री पनि हुन्। यसैले कुनै न कुनै प्रकारले उनलाई नै समस्यामा पार्न यो सब भइऱहेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement