आन्दोलनको समय पक्रा परेर विगत छ वर्षसम्म जेलमा रहेर बेलमा रिहा भएका खरसाङ अन्तर्गत लङ्भ्युको बिमिरेटार निवासी सुरज प्रधान

IMG-20230724-WA0316.jpg

खरसाङ: २०१७ को गोर्खाल्याण्ड आन्दोलनको समय पक्रा परेर विगत छ वर्षसम्म जेलमा रहेर बेलमा रिहा भएका खरसाङ अन्तर्गत लङ्भ्युको बिमिरेटार निवासी सुरज प्रधानले आफ्नो कहानी पत्रकारहरूलाई सुनाएका छन्। खरसाङबाट पत्रकारहरूको एक टोली लङ्भ्युको बिमिरेटारस्थित सुरज प्रधानको घर पुगेर उनको विषयमा जानकारी लिएका थिए। यसै क्रममा जेलमुक्त बनेका सुरज प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै आफु २०१७ को १३ अक्टोबरको दिन आफ्नो साथीको घर सिहंमारी गएको समय पक्रा परेर ६ वर्षसम्म जेलमा रहेको र छ वर्षपछि गाउँ घर फर्केर आउँदा धेरै परिवर्तन भईसकेको बताएका छन्। सुरज प्रधानको घरमा उनको माता पिता, भाई बुहारी र दुईजना नानीहरू रहेको जानकारी गराएका छन्। आफु जेलमा हुँदा घरमा परिवारले धेरै दुःख पाएको र निक्कै समस्या झेल्न परेको जानकारी गराएका छन्। सुरज प्रधानले आफु पक्रा परेको तीन महिनापछि परिवारलाई जानकारी गराएको तर जेलमुक्त हुनलाई परिवार पक्षले धेरै राजनैतिक दलका नेतृत्वहरूसित पनि गुहार लगाए पनि कतैबाट पनि सहयोग नपाएको बताउँदै आफुहरूलाई छुट्टाउन महत्वपूर्ण भूमिका निर्वाह गरिदिएकोमा सबै ९ जना लगायत हाम्रो ९ जनाको परिवारको पक्षबाट अधिवक्ताद्वय प्रताप खाती र बन्दना राई, अनुराधा मिस र एनजीओका सबैप्रति ह्रदयबाटै धन्यवाद दिएका छन्। सुरज प्रधानले कतिवटा कुराहरू बिर्सेको, कतिवटा भने बताउन उचित सम्झेनन् तर छ वर्षमा एक वर्ष त खुट्टाको उपचारको लागि अस्पतालमा रहनु परेको कहानी बताएका छन् भने सुधार गृहमा पनि आफुहरू घर सम्झेर समय बिताएको बताएका छन्। सुरज प्रधान लगायत ९ जना बेलमा रिहा भएको र उनले छ वर्षपछि घर आएपछि धेरै परिवर्तन भईसकेकोले अब के गर्नु पर्ने हो र भविष्यमा के गर्नु पर्ने हो अहिले नै सोच्नु नसकेको बताएका छन्। प्रधानले आफु जवान भएको समय आफ्नो परिवार र वृध्द आमा बाबालाई सठीक समयमा नै हेरचाह गर्नु नपाएकोमा दु:ख व्यक्त गरेका छन्। जेलमुक्त भएर घर आएका सुरज प्रधानको विषयमा लङ्भ्यु बिमिरेटार ग्राम सुधार समितिको सभापति वीरमान लोप्चनले पत्रकारहरूसित कुराकानी गर्दै छ वर्षसम्म जेलमा रहेर बेलमा रिहा भएका सुरज प्रधानलाई हाम्रो समाजले भव्य स्वागत जनाएका थियौं अनि उनी बाहिर आएकोमा हामी समाज सबै खुशी छौं। तर जेलहाट बाहिर निस्कनुमा हामीले सबै राजनैतिक दलका नेतृत्वहरूलाई गुहार मागेका थियौं तर कसैले सहयोग गरेनन्। अन्त्यमा सुरज प्रधान लगायत सबै ९ जनालाई जेल बाहिर आउनमा सहयोग गर्ने अधिवक्ताद्वय प्रताप खाती र बन्दना राईप्रति हामी आभार प्रकट गर्दछौं भनी बताएका छन्। उनले सुरज प्रधान जेलमा हुँदा परिवारलाई धेरै समस्या भएको थियो।

सुरज प्रधानको माता पिता वृध्द वृध्दा छन् र पिता अवकाश भईसकेका थिए र सुरज जेलमा रहेको बेला उनको एकजना भाइले मेहनत गरेको जानकारी गराएका छन्। स्मरण रहोस् २०१७ को गोर्खाल्याण्ड आन्दोलनको समय पक्रा परेका ९ जना युवाहरू विगत ६ वर्षदेखि जेलमा रहेर गत केही दिन अघि बेलमा छुटेका थिए जसमा खरसाङको लङ्भ्युस्थित बिमिरेटार निवासी सुरज प्रधान पनि थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement