लोकसभामा गृहमन्त्रीले पुनः दोहोऱ्याए- ‘सरकार मणिपुरमाथि चर्चा गर्न तयार छ’

00-1-Amit-Shah-Home-Minister-4

नयाँ दिल्ली: लोकसभामा सोमबार पनि मणिपुर मुद्दामाथि विपक्षको होहल्ला-खैलाबैलाको कारणले व्यवधान सृजना भयो। सदनको कारबाही तीन पटकसम्म स्थगित भयो। अपरान्ह अढ़ाई बजे केन्द्रिय गृहमन्त्री अमित शाहले सदनमा पुन दोहोऱ्याए, सरकार मणिपुरमाथि चर्चा गर्नको लागि तयार छ। साथै विपक्षसित आग्रह गर्दछ कि सदनलाई संचालन हुन दिइयोस्। तर विपक्षको खैलाबैला यथावत रहेपछि सदनको कारबाहीलाई मंगलवारसम्मको लागि स्थगित राखिएको छ।

विपक्ष लगातार मणिपुरको घटनाक्रममाथि चर्चा गराउने र प्रधानमन्त्रीको जवाफको मागमा अडिग छ। सरकारको भनाइ छ, उ सदनमा चर्चा गर्नको लागि तयार छ र चर्चाको अन्तमा गृहमन्त्रीले जवाफ दिनेछन्। लोकसभा अध्यक्ष ओम बिरलाले पनि आज सरकारको तर्फबाट बारम्बार दिइएको आश्वासनको उल्लेख गर्दै विपक्षसित सदनको कारबाही संचालन हुन दिने आग्रह गरे। लोकसभा अध्यक्षले गृहमन्त्री बयानपछि भने, ‘सरकार चर्चाको लागि तयार छ। सदनमा चर्चाको जवाफ विभागीय मन्त्रीद्वारा दिइनेछ। यस अवस्थामा नयाँ परम्पराको माग गर्नु र सदनलाई नियोजित ढंगमा संचालन हुन दिनु देशको हितमा छैनl सरकार चर्चाको लागि तयार छ, विपक्षले सहयोग गरोस्l’

यसअघि गृहमन्त्री अमित शाहले सदनमा भने, ‘विपक्षका सबै सम्मानित सदस्यहरूसित आग्रह गर्दछु, मणिपुरको मुद्दा संवेदनशील छl सत्ता पक्ष र विपक्ष दुवैले यस मुद्दामाथि चर्चा गराउने माग गरिरहेका छन्। सरकार सदनमा चर्चा गर्न तयार छ। थाहा छैन विपक्षहरू किन चर्चा गराउन चाहँदैनन्। चर्चा हुन दिइयोस् ताकि देशसामु साँचो कुरा अघि आओस्l’ उल्लेखनीय छ, यसअघि बिहान लोकसभाको कारबाही केही समयसम्म प्रश्नकाल संचालन भएपछि पहिला १२ बजे, फेरि दुई बजे र त्यसपछि फेरि अढ़ाई बजेसम्मको लागि स्थगित गरियो। मोन शहरमा २७औं नम्बर असम राइफल्सले उसलाई पक्राउ गऱ्यो। गुप्त सूचनाको आधारमा चलाइएको अभियानमा उसलाई पक्राउ गरियो। असम राइफल्सले पक्रा परेको व्यक्तिदेखि ३.२५ लाख रूपियाँ जफत गरेको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement