राजगञ्जको पूर्व हरिचरणभिटा गाउँका मानिसहरू आतङ्कित

6cbeb6a3-839b-411a-bac5-e148705b8e27-1024x768.jpg

राजगञ्ज: राजगञ्जको पूर्व हरिचरणभिटा गाउँमा करतो आ नदीको माटो धस्किने डरले गाउँलेहरू आतङ्कित बन्न पुगेका छन्। नदीमा बाँध निर्माण नगरेको खण्डमा गाउँ नै नदीले बगाएर लैजाने स्थिति रहेकोले गाउँलेहरूले नदीमा तत्कालै बाँध निर्माण गरिदिने माग गरेका छन्। राजगञ्जको बिन्नगढी ग्राम पञ्चायतको पूर्व हरिचरणभिटामा लगभग ३० परिवार धेरै वर्ष अघिदेखि बसोबास गर्दै आइरहेका छन्। यो गाउँको एकातिर करतोआ नदी बग्छ भने अर्कातिर हरिया नदी। प्रत्येक वर्ष वर्षाको समयमा नदीको जलस्तर बढेर गाउँमा पानी पस्ने गरेकोले गर्दा गाउँलेहरू आतङ्कित बनेका छन् ।गाउँलेहरूले बताए अनुसार नदीको माटो धस्किने डरले धेरैजनाको जमिन नदीमा डुब्ने गर्दछ। यसैले गाउँलेहरूले चाँडै नदीमा बाँधको निर्माण गरिदिने माग गरेका छन्। स्थानीय निवासी तथा विजयी पञ्चायत समिति सदस्य धनञ्जय मल्लिकले बताए अनुसार ग्राम पञ्चायतको पूर्व बोर्डले उक्त नदीमा बाँध निर्माण गरेन। नयाँ बोर्ड गठन गरेपछि राजगञ्ज पञ्चायत समितिको तर्फबाट बाँध निर्माण गर्ने प्रयास गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement